मेचीनगर । सारङ्गी , मादल र बाँसुरीका स्वरहर बिराना जस्ता भएको यो समयमा झापा कचनकवलका गन्धर्व समुदायका युवाहरु आफ्नो पुख्र्यौली पेशालाई अगाल्दै आज पनि यी स्वरहरु बोकेर गाउँ र शहरमा डुलीरहेकाछन् । नेपाली लोक भाका र बाजाहरुको एकप्रकारले अभावनै खड्किी रहेको समयमा पेशाले सारङ्गी बजाएर हिड्ने समुदाय भएपनि गन्धर्ब जातिले गरेको यो साँस्कृतिक अभियान समग्र नेपाली पन र नेपाली मन जोगाउने रहेको छ ।

अहिले दक्षिण झापाको कचनकवल गाउँपालिका वडा नं २ मा गन्धर्व समुदायको ४२ वटा घर रहेको भुपाल गन्धर्बले चौतारी पोष्ट अनलाइनलाई बताए । अहिले झापाका बिभिन्न गाउँ , बजार र शहरमा भूपाल, श्याम र डम्बर गन्धर्व सारङ्गी र मादल बोकेर आफ्नो नेपाली भाका र पारका गीतहरु गाउदै हिडेकाछन् । आफ्नो दैनिकी धान्ने उनीहरुको यो पाकादेखिको पेशा र कर्म भएपनि बढ्दो पश्चिमी साँस्कृितिक अतिक्रमणको चपेमटामा परेको नेपाली लोक भाका र गीतहरुको जागरण अभियानकै रुपमा हामीले गन्धर्बहरुको यो अभियानलाई लिन सके हाम्रो साँस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको गन्धर्ब समुदायको यो साँस्कुतिक अभियानले नेपाली कला र सँस्कुतिको जगेर्णाका लागि महत्वपूर्ण भूमिका निभाउन सक्छ । स्वयम् सरकारले पनि यो जातिले आजका दिनमा पनि नेपाली लोकलयको रक्षाका लागि गरेको साँस्कृितक कर्मको उच्च मनले सम्मान र संरक्षण गर्न सके हाम्रा भाका र पारालाई हामी भन्दा पछिल्लो पुस्ताले पनि भुल्ने थिएन की ?



