
बाँके । भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न बालीका लागि नयाँ व्लक तथा पकेट कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र ईच्छुक कृषक समुह, कृषि सहकारी, कृषि उद्यमी, जल उपभोक्तालाई आवश्यक कागजात सहित निवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमको नाम :
१. नविनतम प्रविधिमा आधारित साना सिंचाई कार्यक्रम
२. बीउ उत्पादन सहकारी- समूहलाई मूल बीउमा ५० प्रतिशत अनुदान
३. कागती क्षेत्र विस्तार प्रोत्साहन अनुदान
४. केरा क्षेत्र विस्तार प्रोत्साहन अनुदान
५. मागमा आधारीत व्यवसायीक कृषि विकास कार्यक्रम
६. बगर खेती प्रर्वद्धन कार्यक्रम
७. रैथाने बालीहरुको प्रर्वद्धन तथा बजारीकरण
८. मौरी विकास कार्यक्रम
९. दलहन तथा तेलहन बाली विकास कार्यक्रम
१०. सघन बाली विकास कार्यक्रम
११. मौरी चरन क्षेत्र विस्तार



