सृजनाको चौतारी

गाउँ गाउँनै जस्तो थिएन !

कविता

जी एन शर्मा
धेरै वर्ष पछि हिजो गाउँ पुगेको थिएँ
तर, गाउँ गाउँनै जस्तो लागेन
गाउँका गाउँले पनि पुराना जस्ता लागेनन्
गाउँ उही हो अनि गाउँले पनि उनै हुन्
परिवेश पुरा गाउँको थिएन
पारा गाउँलेको जस्तो देखिन
राती लागेको जून पनि गाउँको जस्तो थिएन
बिहान बासेको भालेको स्वर पनि गाउँको जस्तो थिएन
गाउँ र गाउँलेको मनलाई नियाल्न खोजेँ त्यस्तो दुरुस्तै थिएन
अर्थात त्यो पक्को मेरो गाउँमा के के पसेको जस्तो लाग्यो
खेतका कान्ला र आलीहरु उजाड र उदास मन बोकेर बसेको जस्ता थिए
गोठ , ग्वाली र तगारो रोइरहेका थिए
राती न हाब्सीलोनै करायो नत भोटे कुकुरनै भुक्यो
साने र मिने नामहरु पनि नामेट भएछन्
सान्नानी र पुतली नाम त कसले पो जुराउने
बत्ति पुगेछ , बाटो पुगेछ, ईन्टरनेट र जङ्क फुड पुगे छ
धारा पुगेछ , बिखादी पुगेछ , पार्लर र खाडीको पैसा पुगेछ
तर, परेवा उडेछन्, माहुरी भागेछन् , मन र पनले पनि डाँडै कटेछन्
राम्रो गाउँ बनाउन गाउँले पनि खेतसँग भिटा साँटेछन्
साट्दा साट्दै खै के के सँग आफ्नो मन पनि पो साटेछन्
न त बिहान चरा कराए , न त राती जुनकिरी झुल्कीए
चारैपटि खोजी हेरेँ नत गाउँमा गाउँनै भेटेँ
नत गाउँमा गाउँलेनै देखेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button