स्वास्थ्य

खोइ सेनिटाइजर र सर्जिकल मास्क ?

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् ।

पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छोडेको छ भने सेनिटाइजरको पनि चरम अभाव छ ।

कलंकीमा बस्दै आएका सन्देश विष्टले भने,‘एउटा मास्कको ५० रुपैयाँ भने । के गर्नु किन्नै पर्यो ।’

यस्तै, ज्वरो नाप्न प्रयोग गरिने थर्मोमिटरको पनि अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मास्क, सेनिटाइजर र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना गरी कसैले लुकाउनु अपराध भएको बताए ।

उनले भने,‘आमनागरिकले पनि मास्कको समुचित प्रयोग गर्नुपर्छ । सरकारले तीन–चार दिनमै धेरै परिणाममा मास्क उत्पादन गर्ने तयारी गरेको छ ।  राजधानी दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button