स्वास्थ्य

युकेकी स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी- युकेकी स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भइरसको संक्रमण देखिएको छ।

कोरोना संक्रमण देखिएपछि उनले चिकित्सकको सल्लाहमा आवश्यक उपचार र सुरक्षाका उपाय अपनाइरहेकी छिन्। उनी निवासमा नै सेल्फ क्वारेन्टाइनमा छिन्।

युकेमा हालसम्म ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण युकेमा ६ जनाको ज्यान गएको छ।

संक्रमण फैलने क्रम बढेपछि सरकारले परीक्षणलाई बढाउने भएको छ। सरकारले एक दिनमा १० हजार जनाको स्वास्थ्य जाँच गर्ने जनाएको छ। अहिले दैनिक १ हजार ५ सय जनाको परीक्षण हुँदै आएको छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button