स्वास्थ्य

झापाका एक व्यक्तिमा कोरोना संक्रमणको आशंका, थप परिक्षण र उपचारका लागि काठमाडौ लगियो

मेचीनगर। झापाका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंका गरीएको छ । उनलाई आईतबार उपचारका लागि काठमाडौँ लगिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो ।

प्राप्त जानकारी अनुसार चिकित्सकले उपचारका लागि उनलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोना भाइरस संक्रमण भएको आशंका चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले भने, “उपचारका लागि डाक्टरकै सिफारिसमा उनलाई काठमाडौ स्थिति ग्राण्डी हस्पिटल लगिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button