खेलकुद

‘बाई बाई’ मिलान

एजेन्सी – स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छोड्न तयार रहेको बताएका छन् । ज्लाटन क्लबको व्यवस्थापनप्रति रुस्ट हुदै अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।

ज्लाटन यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका थिए । ला गाजेटा डेलो स्पोर्ट्सका अनुसार क्लबले चिफ फुटबल अफिसर जोभोनिर बोवानलाई बर्खास्त गरेसँगै ज्लाटनले पनि क्लब छाड्ने निर्णयमा पुगेको बताइएको छ । ज्लाटन अहिले कोरोना भाइरसको महामारीको कारण स्वीडेनमा होम क्वारेन्टाइनमा रहेको छ ।

बोवानले नै ज्लाटनलाई एसी मिलान फर्काउन भुमिका निभाएका थिए । त्यसअघि ज्लाटनले २०१० देखि २०१२ सम्म मिलानमा बिताएका थिए ।
रिपोर्टअनुसार बोवानसँगै काम गरेका पाओलो माल्दिनीको पनि एसी मिलानमा भविष्य सुनिश्चित नरहेको बुझिएको छ ।

क्लबका सिइओ इभान गाजाडिस र माल्दिनीबीच जर्मन प्रशिक्षक राल्फ राङनिकलाई अर्काे सिजनबाट मिलानको व्यवस्थापकको रुपमा सम्पर्क गर्ने विषयमा छलफल भएको र टेक्निकल स्टाफको रुपमा काम गर्न निकै असजिलो भएको रिपोर्टमा उल्लेख छ । ‘यो अनादारपुर्ण छ । र यो मिलानको शैली होइन ।’ बोवानले भने, ‘जसले मिलानलाई चारपटक सिरी ‘ए’ च्याम्पियन र एक पटक च्याम्पियन्स लिग जिताएको छ । उनको यस्तो व्यवहार सुहाउदो छैन ।’

मिलान अहिले सिरी ‘ए’ को १२औं स्थानमा छ । तर, क्लबले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने लक्ष्य लिएको छ । माल्दिनीले क्लब च्याम्पियन्स लिगमा छनोट भएको अवस्थामा ज्लाटनको सम्झौता थप्ने क्लबले योजना बनाएको थियो । तर, अब यो सम्भावना सकिएको छ । ३८ वर्षीय भेट्रान फरवार्ड ज्लाटनले यो सिजन १० खेलमा ४ गोल गरिसकेका छन् । उनी यसै सिजन अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button