आर बी बुढाथोकी
(सुसेफ सोल्टी क्राउन प्लाजा होटेल)
यो बिसम परिस्थितीबाट बाँच्नका लागि सम्पूर्ण देशबासी घर मै बसी रहेका बेलामा हामीले केही स्वास्थ्य सरल र मौलिक खानाका रेसेलीहरु समाबेस गरेका छौ जुन सबैका लागि उपयोगी र बचत साबित हुन सक्छ र परिवारसँग समय कटाउने उत्तम उपाए पनि हुन सक्छ । बिस्व स्वाथ्य संगठनका अनुसार धेरै नुन,तेल,चिनी प्रयोग नगर्ने,मादक पदार्थ र सुर्ती चुरोटको सेबन बिल्कुल नगर्ने,पानी प्रसस्त पिउने,फाइबर युक्त खाना बढी खाने,एकै पटक खाना ज्यादा नखाने पटक पटक गरी थोरै थोरै गरेर खाने,झोलिलो तथा सुपहरु बढी पिउने,धेरै खाध्य सामाग्री सन्कलन नगर्ने,घरमा जे छ सोहीको बढी से बढी सदुपयोग गर्ने,सकिन्छ भने सुरक्षित तबरले घर मै खाध्यन्न मगाउने जस्ता महत्वपूर्ण उपायहरु सर्कुलर गरेको छ जुन हामीले सेल्फ क्वारोनटाइमा रहेका बेला पालना गर्नु आफु र आफ्नो परिवारका लागि अती आबश्यक छ।
नेपाली दुधरोटी
चाहिने सामाग्री,मैदा आधा केजी,दुध दुई लिटर,घ्यु २ चिया चम्चा,मरिचको धुलो एक चिया चम्चा,मिक्स ड्राइ फ्रुट ६० ग्राम,चिनी या सख्खर ९० ग्राम,ताइचिन चामल १५० ग्राम
बिधीस्मैदालाई मुछेर २० मिनेट छाडीदिनुस,मन्द आचमा दुधलाई उमाल्नुस र चामल हाल्दिनुस । केही समय पछी मैदा बेलेर चक्कुले काटेर हाल्दिनुस र हलुका तबरमा चलाऊनुस । चिनी मरिचको धुलो हाले पछी घ्युमा भुटेर ड्राइ फ्रुट पनि हाल्दिनुस र केही चोसो हुनासाथ परिवारसँग मिलेर रमाइलो गरेर आफ्नै मौलिक खाना घर मै बनाएर खाना सकिन्छ । दुध रोटी जस्तै दाल रोटी तथा पानी रोटी पनि स्वादिस्ट तरिकाबाट घर मै तयार गरेर खान सकिन्छ ।
चना चटपट्टे
चाहिने सामाग्री,धानको मुडीभुज ३०० ग्राम,उसिनेर मसिनो गरी काटेको आलु २ पिस,भिजाको चना ७० ग्राम,बिरे नुन स्वाद अनुसार,हरियो खुर्सानी ४ पिस,कागतीको रस ३ चिया चम्चा,मसिनो गरेर काटेको प्याज र गोल्भेडा एक एक पिस,चाट मसला आधा चम्चा,मसिनोगरी काटेको धनीया अधा मुठा,दालमोठ या भिजिया आधा कप,सुख्खा भुटेर पिसेको जिरा आधा चम्चा
बिधी , माथि उल्लेखित सम्पूर्ण सामाग्री हालेर राम्ररी चलाऊनुस र प्लेटमा हालेर परिवारका साथ मज्जाले दिउसोको समयमा खान सक्नु हुन्छ। चना चटपट्टे जस्तै पानी पुरी,भेल पुरी,आलु चाट,पापडी चाट,भुजिया चाट,चाउचाउ चाट,समोसा चाट,टमाटर चाट,चिउरा चाट इत्यादी सहज रुपमा घर मै बनाएर खान सकिन्छ ।चना चटपटेलाई पोलेको पापडको कोणमा हालेर पनि सर्भ गर्न सकिन्छ ।
सब्जी म म
चाहिने सामाग्री,मसिनो गरी काटेको बन्दा ३०० ग्राम,उसिनेर धुलो बनाएको आलु २ पिस,पनेर ग्रेट गरेको १२० ग्राम,मसिने गरी चप गरेको प्याज ४० ग्राम,अदुवा लसुन २५ ग्राम,हरियो प्याज २ पोटी,धनिया हरियो आधा मुठा,मस्म मसला एक र आधा चिया चम्चा,बटर २ चिया चम्चा,मसिनो गरी काटेको हरियो खुर्सानी ३ पिस,गाजर ग्रेट गरेको एक पिस,नुन स्वाद अनुसार,खुर्सानीको धुलो आधा चम्चा,मैदा एक किलो,तिल र टिमुरको छोप हालेको गोल्भेडाको अचार २ कप
बिधी ,मैदालाई आवश्यकता अनुसार पानी हालेर अली सार्हो डो बनाउनुस् र छोपेर राख्नुस। माथि उल्लेखित सम्पूर्ण सामाग्री हालेर सब्जिको मिक्चर बनाउनुस र मुछेको पिठोको सानो सानो गुच्चाकारको डल्लो बनाएर बेल्नुस। अब बेलेको डोमा सब्जी मिक्चर हालेर अफुले इच्छाएको आकार दिएर बुट्टा बनाइ सिल गर्नुस र मस्मको भाडोमा हालेर ८ देखी १० मिनट बफ्याउनुस र टमाटरको अचार सँग आफ्नो परिवारको साथमा तातो तातो खानुस। सब्जी म म जस्तै चिकन,बफ,मटन,फिस,पोर्क,खुवा,केराको पनि मस्म बनाएर खान सकिन्छ। नन भेज मस्म बनाउदा भेज भन्दा केही ज्यादा समय बफ्याउनु पर्छ । म म बिभिन्न कलर र फ्लेभरमा थरी थरिका बनाउन सजिलै सकिन्छ र कोदो को पिठोको मस्म,चिल्ली मम,झोल म म अहिले नेपालमा निकै चर्चित छ।
गोल्भेडाको चट्नी बनाउन तातेको प्यानमा तेल हालेर अदुवा,लसुन,सुकेको खुर्सानी,प्याज हालेर फुट्ने र काटेको टमाटर,नुन हालेर मज्जाले पकाउने र अन्तमा काटेको धनीया र हरियो प्याज हाल्दिने सेलाएपछी भुटेको तील या चाना या बदाम या भटमास र टिमुरको धुलो हालेर मसिनो हुने गरी ब्ल्यान्डर या सिलाउटोमा पिस्ने ।
क्वटीको रस
चाहिने सामाग्री,मिक्स गेडागूडी भिजाएर उमारेको अधा केजी,तेल ३ चिया चम्चा,अदुवा लसुन एक चिया चम्चा,प्याज काटेको एक पिस,गरम मसला मिक्स होल ५ ग्राम,नुन स्वाद अनुसार,गोल्भेडा काटेको २ पिस,धनिया काटेको आधा मुठा,गरम मसलाको धुलो आधा चिया चम्चा,हरियो खुर्सानी ३ पिस,जिरा धनीयाको धुलो आधा चिया चम्चा,भेज स्टक या तातो पानी डेढ लिटर
बिधी,प्रेसर कुकर राम्ररी तताएर तेल हाल्नुस र गरम मसला,तेज पात अदुवा लसुन हालेर प्याज खन्याउनुस। प्याज खैरो हुनासाथ उम्रेको गेडागूडी हाल्दिनुस र साथमा गोल्भेडा,मसला खुर्सानी र नुन हाली चलाऊनुस र पानी या स्टक हालेर उमाल्नुस र प्रेसर कुकर लक गरेर ३ या ४ सिठ्ठी लगाउनुस अन्तमा धनीया हालेर भुजा सँग या त्यतिकै सुपको रुपमा खाना सकिन्छ । एबम तबरमा राजमा,केराउ या कुनै पनि गेडागूडीको रस घर मै सहज रुपमा तयार गरेर खान सकिन्छ।
गुन्द्रुक भट्मासको रस अर्थात हिमालयन सुप
चाहिने सामाग्री,रायो,मुला,तोरी या काउलीको गुन्द्रुक ६० ग्राम,भटमास १५० ग्राम,अदुवा लसुनको पेस्ट एक चम्चा,प्याज एक पिस,हरियो खुर्सानी ४ पिस,तोरिको तेल ३ चिया चम्चा,गोल्भेडा २ पिस,हरियो धनीया आधा मुठा,नुन स्वाद अनुसार,जिरा धनीयाको धुलो एक चिया चम्चा
बिधीस् हिमालयन सुप भनेर बिदेशी सामु निकै चर्चित र चिनारी बोकेको नेपालको पहिचान बोकेको पकाउन छिटो र मिठो गुन्द्रुको रस बनाउन निकै सरल छ र स्वादिस्ट पनि त्यतिकै । कराइ तताउनुस र तोरिको तेल हालेर अदुवा लसुन,खुर्सानी,प्याज,गोल्भेडा मसला,नुन हालेर पकाउनुस केही लेदो जस्तो हुनासाथ भिजाएको गुन्द्रुक र भुटेको भटमास हालेर केहीबेर पकाउनुस र आवश्यकता अनुसार पानी हालेर उमाल्नुस। अन्तमा काटेको हरियो धनीया हालेर निकाल्नुस र तत्तातो सुपको रुपमा खानुस या भुजाको साथमा खान सक्नु हुन्छ। गुन्द्रुक जस्तै मसौरा,सिन्की या आलु तामा पनि सहज रुपमा घर मै तयार गर्न सकिन्छ ।
बारा र च्याको छोइला
चाहिने सामाग्री,भिजाएर पिसेको मासको लेदो ३ कप,तोरिको तेल ३० एमएल,काने या डल्ले च्याउ ३०० ग्राम,अदुवा लसुनको पेस्ट एक र आधा चिया चम्चा,जिरा धनीयाको धुलो एक चिया चम्चा,मेथी आधा चिया चम्चा,सुकेको कुर्सानी पोलेर मिचेको ४ पिस,पोलेको गोल्भेडा २ पिस,प्याज आधा पिस,नुन स्वाद अनुसार,धनिया आधा मुठा,हरियो लसुन एक पिस
बिधीस्च्याउलाई काटेर बफ्याउनुस र सुख्खा तावामा डाम्नुस र माथि उल्लेखित सम्पूर्ण िहालेर मोल्नुस अनी तोरिको तेलमा मेथी फुराएर बेसार हाली झान्नुस र अन्तमा हरियो लसुन र धनीया हालेर चलाऊनुस। च्याउको छोइला तयार हुन्छ र मासको लेदोमा नुन,अदुवा लसुनको पेस्ट हाली सानो सानो बाबर जस्तो गरी तवामा तोरिको तेलमा पकाउनुस र छोइला सँग खान सक्नु हुन्छ। छोइला ताइचिन चिउरा या भुजा सँग पनि अती स्वादिस्ट हुन्छ ।
च्याउको छोइला जस्तै गरी चिकन,बफ,पोर्क,मटन,फिस,प्राउन,पनिर,तोफु,आलु,काउलीको पनि घरमा सहज रुपमा बनाउन सकिन्छ ।माथि दिएका लगाएत केही हाम्रो मौलिक खानाको छोटो विवरण तल पनि उल्लेख गरिएको छ। जुन तपाईंलाई घरमा अहिले फुर्सत भएका बेला यो घर मै बस्नु पर्ने बाध्यतामा सजिलै बनाएर खान र परिवारलाई खुवाउन सक्नु हुन्छ र रमाइलो गरी समय बेतित गर्न सकिन्छ।
सब्जी फाडोस् सब्जी फाडो एक बिभिन्न ताजा तरकारीहरु मिसाएर बनाउने नेपालको प्राचिन झोल तरकारी हो जुन तरकारीमा तपाईंले कुनै पनि सब्जी मिसाउन सक्नु हुन्छ जस्तो,फर्सी,गाजर,लौका,चिचिन्नो,इस्कुस,टमाटर,हरियो सागसब्जी इत्यदी र भुजा या रोटीसँग खान सकिन्छ ।
पञ्चकुवा, यो सुप जस्तो बिभिन्न पाच किसिमको गेडागूडी मिसार बानाइन्छ र बहुत झोलिलो हुन्छ। ज्वानो झानेर बनाइने यो गेडागूडीको झोल तरकारी पनि तपाईंले सहज रुपमा घरमा उपलब्द्द समान जुटाएर सजिलै बनाएर पिउन या फुजासँग खान सक्नु हुन्छ।
जोगी जाउलोस् जोगी जाउलो पनि एक नेपाली प्राचिन खाना हो जसमा मिक्स दाल,चामल र मिक्स सब्जी हालेर तयार गरिन्छ जुन अहिलेको अबस्थालाई निकै उपयोगी खाना साबित भएको छ।
ज्वोनो को झोल,ज्वानोको झोल बनाएर खादा पनि अहिलेको समयलाई उचित मानिन्छ जसले शरीरलाई प्रतीरोगआत्मक शक्ती बढाउनुको साथै शरीरमा तापक्रम बढाउन मद्त गर्छ र सक्रमण हुनबाट केही हदसम्म जोखिम हटाउछ।
आलु,तामा,बोडीस् आलु,तामा,बोडी पनि नेपालको एक प्रसिद्द र प्रचिन खाना मानिन्छ जुन हाम्रो मैलिक खाना पनि अहिलेको लागि उत्तम हुन सक्छ र सहज रुपमा बनाउन सकिन्छ।
अन्डा झोल करीस् यो तरकारी पनि एक प्रोटिन युक्त झोल तरकारी मानिन्छ र सहज रुपमा घर मै बनाउन सकिन्छ।
कुखुराको झोल,नेपाली स्टाएलको कुखुराको मासुमा पर्याप्त मात्रामा पानी र गरम मसला हालेर बनाइएको पनि निकै स्वादिस्ट,सरल,पोस्टिक युक्त र मौलीक खाना हुन्छ र भुजा या कोदो फापरको ढिडो सँग खान सकिन्छ।
दही च्याख्ला, मकैको च्याख्ला र दही मुछेर खादा पनि निकै स्वादिस्ट,फाइबरयुक्त र स्वाश्थ्यबर्दक हुन्छ जुन हाम्रो प्राचिन र मौलिक खाना पनि मानिन्छ र सहज रुपमा घर मै बनाउन सकिन्छ ।
भटमासको सुप, भटमास भिजाएर पिसेर नेपाली स्टायलले सहज रुपमा बनाउएर पिउन सकिन्छ ।
ज्वानो जाउलोरमेथी जाउलोस् ज्यानो या मेथी झानेर मिक्स भेज,मिक्स दाल,थोरै चामल,हरियो साग सब्जी हालेर झोलिलो तबरले बनाएको यो खाना पनि अहिलेको लागि उत्तम रेसिपी हुन्छ।



