खबर

उदयरपुरमा थप ८ जनामा देखियो कोरोना पोजेटिभ

काठमाडौं । उदयपुर जिल्ला यतिबेला कोरोनाको इपिसेन्टर बन्ने खतरातिर गएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। त्यस क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोली गई चेक जाँचको प्रक्रिया अगाडि बढाएको हो ।

विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button