खबर

जब पूर्वप्रधानमन्त्री भट्टराई आफै न्याय माग्न प्रहरी कहाँ पुगे …

महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले जनता समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवको अपहरणसम्बन्धी जाहेरी नलिएपछि उक्त पार्टीका नेताहरू कानुनी परामर्शमा जुटेका छन्।

पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतको टोली आइतबार डा. यादवको अपहरणसम्बन्धी जाहेरी लिएर गएको भए पनि काठमाडौं परिसरले जाहेरी लिन अस्वीकार गरेको थियो।

पार्टीका नेता विश्वदीप पाण्डेले प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि सरकारी वकिल कार्यालयमार्फत् वा अरू कुनै निकायबाट जाहेरी दिन सकिनेबारे कानुनी परामर्शमा रहेको बताए। उनले सरकारको दबाबपछि प्रहरी परिसरले जाहेरी दर्ता नगरेको बताए।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई सम्बोधन गरी जाहेरी आएकाले दर्ता नगरिएको बताए। तर, समाजवादीका नेता पाण्डेले प्रवक्ता बोगटीले झुट बोलेको बताए। जाहेरीमा काठमाडौं प्रहरी परिसर भनेर सम्बोधन गरिएको जिकिर गरे।
परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई सम्बोधन गरी जाहेरी आएकाले दर्ता नगरिएको बताए। उनले महोत्तरी पनि साह्रै टाढा नभएको बताए।

तर, समाजवादीका नेता पाण्डेले प्रवक्ता बोगटीले झुट बोलेको बताए। जाहेरीमा काठमाडौं प्रहरी परिसर भनेर सम्बोधन गरिएको जिकिर गरे।

वैशाख १० गते पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रधानमन्त्री ओलीका निकटस्थ सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले डा. यादवलाई लकडाउनकाबीच महोत्तरीबाट ल्याएर काठमाडौंको मेरियट होटलमा राखेका थिए।

सरकारले राजनीतिक दल विभाजन गर्न खुकुलो बनाउने प्रावधानसहितको अध्यादेश ल्याएपछि एकतोन्मुख रहेको राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीचको एकता प्रक्रिया बिथोल्ने र त्यहाँ विभाजनको खेल खेलाउन डा. यादवलाई काठमाडौं ल्याएका थिए। तर, अन्तिम समयमा आएर होटलबाटै डा. यादव पार्टीका नेता बाबुराम भट्टराईको गाडीमा चढेर गएका थिए। त्यसपछि भट्टराईले नेता यादवलाई अपहरण गरी ल्याएको आरोप लगाएका थिए।

डा. यादवले पनि आफू पार्टीमा असन्तुष्ट भए पनि पार्टी फुटाउनेतर्फ नरहेको र प्रधानमन्त्री ओलीले पटक-पटक पार्टी विभाजन गराउन दबाब दिएको बताउँदै आएका छन्। उनी पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button