सृजनाको चौतारी

आन्दोलनको हुरी

पारस राहादी मगर

 

हामीलाई हाम्रै सत्ता चाहिन्छ
किनकि हामीलाई हाम्रो मुक्ति चाहिएको छ
युग–युगदेखि थोपरिएको मुर्दाशान्ति
हामीलाई चाहिँदै–चाहिँदैन ।
युग–युगदेखि तिमीले
तर्साएर, थर्काएर, बन्दुक देखाएर
जसरी दबाइरहेछौ हामीलाई
जसरी हाम्रो रगतपसिना चुसिरहेछौ
हामीलाई लुछेको
हामीलाई लुटेको
हामीलाई चुटेको
बदलामा हामीले
तिम्रो सत्ताको हेडक्वार्टरमा
बम बर्साएर कब्जा गर्नुछ अब
तिम्रो लुटको ‘स्वर्ग’ ध्वस्त पार्नुछ !
आयौँ हामी मैदानमा
आवाज बोकेर, मुठी कसेर
ढ्याङ्ग्रो ठोकेर, बन्दुक भिरेर ।
यो मात्रै भीडभाड होइन
तिम्रो सत्ताको हेडक्वार्टरमा
बम बर्साउन तैनाथ लालसेनाहरू हुन्
लालसेना हुन तयार आम मान्छेहरू हुन्
जसले ध्वस्त पार्नेछन्
तिम्रो दलाल सत्ता !
यो फगत चिच्याहट होइन, हुँदै होइन
यो त
तिम्रो लुटको ‘स्वर्ग’ विरुद्ध
ठोकेको ढ्याङ्ग्रोको ध्वनि हो ।
थर्कमान–थर्कमान छ
आतङ्कित–आतङ्कित छ
बतुराइरहेछ–बतुराइरहेछ
तिम्रो दलाल सत्ता !
तिम्रो लुटको ‘स्वर्ग’ !
यो आन्दोलनको हुरी हो
यो हुरीको आन्दोलन हो
यो रोकिनेछैन ।
छुटेका साथीहरू हो
जोडिन आउनू मोर्चामा÷मैदानमा !
यो सुरुआत हो… ।

 ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button