
शाही युवा शक्ति नेपालद्धारा नवलपुरमा बिरोध प्रर्दशन
झापा । भारतीय हस्तक्षेपको बिरोधमा आज दिउँसो नवलपरासीको नवलपुरमा शाही युवा शक्ति नेपालको आयोजना बिरोध प्रदर्शन तथा कोण सभा सम्पन्न भएको छ ।

शाही युवा शक्ति नेपाल जिल्ला समितिका अध्यक्ष राजेश मैनालीका अनुसार आज दिउँसो नवलपुरमा युवाहरुले भारतीय हस्तेक्षको बिरोध गर्दै नारा जुलुष सहित नवलपुर बजार परिक्रमा गरेका थिए । शाही युवा शक्ति नेपाल जिल्ला समितिले आयोजना गरेको सो बिरोध कार्यक्रममा बोल्ने बक्ताहरुले भारतीय हेपाह प्रवृतिको बिरोध गरेका थिए । हामीलाई प्राप्त जानकारी अनुसार शाही युवा शक्ति नेपालको यो कार्यक्रमलाई राजावादीहरुको कार्यक्रमको रुपमा समेत लिइएको छ । आयोजक समितका समितिका अध्यक्ष राजेश मैनालीले समेत यो कार्यक्रम राष्ट्रवादी र राजावादीहरुको रहेको बताए ।



