काँकरभिट्टा
झापाको मेचीनगर नगरपालिकका बिभिन्न क्वारेन्टाइन तथा होल्डिङ सेन्टरमा रहेका ब्यक्तिहरुमा गरिएको र्यापिड डाईगोनोष्टिक टेष्ट (आरडीटी)परीक्षणमा १५ वटा नमुनाको आरडीटी परीक्षण पोजेटिभ आएको छ ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार आज शुक्रबार गरिएको रगतको माध्यमबाट गरिने द्रुत विधिको आरडीटीमा १५ जनामा नतिजा पोजेटिभ आएको बताईएको छ ।
करीब ३१५ जना ब्यक्तिमा गरिएको परीक्षणमा आरडीटी पोजेटिभ देखिएको हो । साझसम्म पनि परीक्षण जारी रहेको कारण नमुना परीक्षणको संख्या अझ बढीहुन सक्ने बताइएको छ ।
आरडीटी पोजेटिभ देखिएका ब्यक्तिहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण पश्चात कोरोनाको संक्रमण भए नभएको यकिन गरिने बताईएको छ ।स्वास्थ्य कार्यलय झापाका कार्यक्रम अधिकृत एवं फोकल पर्शन जीवन चौलागाईंका अनुसार मेचीनगर नगरपालिकाको वडा नं ६मा रहेको काँकरभिट्टा मावि, वडा नं ८ को आदर्श मावि र मेचीनगर ११को स्वास्थ्य चौकी भवनमा रहेका ब्यक्तिहरुमा आज परीक्षण गरिएको थियो ।



