मूल खबर

झापाको मेचीनगरपालिका कोरोनाको उच्च जोखिममा, दक्षिण क्षेत्रको झापा गाउँपालिका सिल गर्ने तयारी

झापा। नेपालको पूर्वी नाकामा रहेको झापाको मेचीनगरपालिकाले भारतबाट आउने नेपालीका कारण नगर उच्च जोखिममा रहेको भन्दै आवश्यक सामग्रीका साथ व्यवस्थित तयारी गरिदिन प्रदेश नम्बर एक सरकारसँग आग्रह गरेको छ ।

शनिबार मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत प्रदेश सरकारसँग यस्तो आग्रह गरेकाहुन् ।
सम्मेलनमा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेतीले नेपाल–भारतको सीमा नाकाबाट काँकरभिट्टा आउने अलपत्र नेपालीहरुका कारण नगरबासी उच्च जोखिममा रहेकाले कोरोना जाँच्ने अत्यावश्यक स्वास्थ्य सामग्री, क्वारेन्टाइनसहित गाडीको व्यवस्था गरिदिन एक नम्बर प्रदेश सरकार र कोरोना रोकथाम तथा समन्वय समिति झापालाई आग्रह गरेकाथिए ।

काँकरभिट्टा नाकाबाट ४दिनको समय अवधिमा करिब एक हजार नेपालीहरु नेपाल भित्रिसकेका छन् ।

शुक्रबार भित्रिएका मध्ये ६ महिलासहित १५ जनाको आरडीटी टेष्टमा पाजेटिभ आएको थियो । मेचीनगरमा व्यवस्थित क्वारेन्टाइन नभएकाले पीसीआर लगायतका परिक्षणका लागि मेची बहुमुखी क्याम्पस भद्रपुर र यसअघि पनि केहि लाई दमकको क्वारेन्टाइनमा पठाइएको नगरपालिकाले जनाएको छ ।

भारतबाट नेपालीहरु आउने क्रम जारी छ । शनिवार मात्रै पनि मेचीपुलमा १५० भन्दाबढी नेपालीहरु आएर बसेको नगरपालिकाले जनाएको छ

यसै गरि जिल्लाको दक्षिण क्षेत्रमा रहेको झापा गाउँपालीकाको अस्थायी क्वारेन्टिनमा रहेका एक ३३ वर्षिया पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भए लगत्तै थप संक्रमणको न्युनीकरण गर्न गाउँपालीका सिल गर्ने तयारी भइरहेको छ।

झापा गाउँपालिकामा समेत कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि सिल गर्ने तयारी भइरहेको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी गराएकाछन् । भोली आईतवार गाउँपालीकाको बैठक बसी गाउँपालीका सिल गर्ने तयारी रहेको निरौलाको भनाई छ।

शनिवार कोरोना संक्रमण पुष्टि भएका संक्रमित भारतको मुम्बईबाट चार दिन अघि झापा गाउँपालीका आएका थिए।निरौलाका अनुसार सीमाबाट उद्धार गरेर ति पुरुषलाई डिल्लीराज माविको क्वारेन्टाइनमा राखिएको थियो।उनलाई सिमाबाट सिधा क्वारेन्टिन ल्याइएकोले थप संक्रमित बढ्ने संभावना कम रहेको अधिकृत निरौलाको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button