कृषि र किसान

मकैको गुबोमा फौजी किरा, किसान चिन्तित

ललितपुर । धादिङ्गको गल्छी गाउँपालिका वडा नं ४ का किसान अहिले चिन्तित बनेकाछन् । एक्कासी मकैको गुबोमा फौजी किरो जस्तो देखिने रोगका कारण मकै बाली नष्ट हुन सक्ने उनीहरुको चिन्ताको विषय बनेको छ ।
स्थानिय दीपक रेग्मीका अनुसार उक्त वडाका सबै जसो कुषकले लगाएको मकै बालीमा यस प्रकारको रोग देखापरेको छ ।
बन्दाबन्दीका कारण औषधी उपचारको समस्याले किसानले लगाएको बालीमा रोगका कारण मेहनत र लगानी दुबै गुम्ने त्रास किसानमा रहेको रेग्मीले बताए । मकैको गुबोमा देखिएको फौजी किरो जस्तो देखिने यो समस्याबाट बाली जोगाउन उनीहरुले सम्बन्धित वडाका जनप्रतिनिधीहरुलाई अनुरोध समेत गरेकछन् । किसानहरुले यसको तत्काल समाधानका लागि गाउँपालिकालाई चासो र अग्रसरताका लागि अनुरोध समेत गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button