गजल
तारा पौडेल
कती सम्झाउनु आँसु हरुलाई
मेरो नयन मा नआउनु भनेर
तर आँसु ले भन्छ तिमिलाई करोडओे को भिडमा एक्लो एक्लो देख्छु तेहि भएर साथ दिन आएको ।
कती बुझाउनु ओइलि झर्न लागेका फुल हरुलाई
न ओइलाउनु भनेर
मलाई फुलले भन्छ एउटा त फक्रिएको छु
तेहि भएर तीमि टिप्न खोजी रहेछौ ।
कती अर्थीयाउनु पिरोलिएका मन हरुलाई
सदा सदा मेरो पिछा नगरभनेर
तर मन ले भन्छ म खुशी देख्न शक्ति न
तेहि भएर त दिन रात जाग्राम बसि रहेछु ।
कती सम्झाउनु जीवनहरु लाई धैर्य गर भनेर
तर जिवनले भन्छ मलाई
हजार सपनिमा पनि तीमिलाई देखिन
तेहि भएर बिपनिमा खोजि रहे छु ।
कती घच घच्याउनु ती निर्दयी आत्मा हरुलाई
दयाको भिख स्विकार गर भनेर
तर आत्मा ले भन्छ मलाई
बाचेर पनि मरि रहेछु तेहि भएर त
निर्दयी निर्दयी बनि अरु लाई पिडा दिइ रहेछु
कती सम्झाउनु आँसु हरुलाई मेरो आँखामा
नआउनु भनेर तरआँसुले भन्छ तीमि लाई करोडको
भिडमा एक्लो एक्लो देख्छु तेहि भएर साथ दिन आएको
इलाम
पशुपतिनगर।


