स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

३० जेष्ठ २०७७

ललितपुर ।

आज थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४२४ पुरुष र २४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।यो संख्या सँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

अहिले सम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको गौतमले बताए । यसै गरि अहिले सम्म ८६१ जना उपचारपछि निको भएर घर फर्किएको पनि डा गौतमले जानकारी दिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button