१ असार २०७७
ललितपुर।
आज थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै, अहिले सम्म १ हजार ४१जना डिस्चार्ज भइसकेका छन् । जसमध्ये पुरुष ९३७ र महिला १०४ जना महिला रहेको गौतमले बताए । अहिले सम्म ७३ जिल्लामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको बताईएको छ।



