सृजनाको चौतारी

बेसार र असार जिन्दाबाद

कविता


जी एन शर्मा
उहाँ भन्नु हुन्छ , बेसार केहो , बेसारको बृतान्त वणर्न गर्नु हुन्छ
तलका मग्नले सुन्छन्, बेसार त हामीले बिर्सीएका रहेछौँ भनेर
कृषि प्रधान देशमा बेसारको महत्व त्यो पनि असारमा गरिएको छ
बेसारको असर र औषधीय गुणका बारेमा
उहाँ भन्दै जानु हुन्छ , कसले खाने, कति खाने, कसरी खाने
कहिले खाने , कहिले नखाने,
तलकाले संझन पुग्छन् , ओहो, असार र बेसारको सम्बन्ध
कृषि प्रधान देशमा त्यो पनि किसानका नेताले भनेको
तलकाले एक स्वरमा भन्न थाल्छन्, बेसार असार जिन्दावाद
बेसारको महत्व अझ तल सम्म आयो, सबैले भने बेसार जिन्दावाद
किनकी कृषि प्रधान देशमा बेसार र असारको बेग्लै महत्व छ
असारमा उत्पादनको क्षमता छ, बेसारमा प्रतिरोधको शक्ति छ

उहाँले जे जे भन्नु हुन्छ त्यो सबै सत्य हो
किनकी उहाँलाई सबै थाहा छ, उहाँ जति थाहा पाउने अरु कोही छैन
कुन दिन उहाँले क्रान्तिकारीहरुलाई कोरोना लाग्दैन भन्नु हुन्छ
कोरोनाको कहरबाट बच्न आफु जस्तै क्रान्तिकारी बन्न उहाँले सिकाउनु हुन्छ
तलकाले हस् भन्ने छन्
किनकी उहाँ सर्वज्ञानी र सर्वगुण सम्पन्न हुनुहुन्छ
बेसारको महिमा पछि , अब कुन विषयमा सिकाउने ,उहाँ सोची रहनु भएको होला
किनकी उहाँलाई जानकारी नभएको विषय र वस्तु शायदै छैन
मर्दामर्दै भए पनि हामी गौरव गरौँ , किनकी उहाँ जस्तो महान हामीले पाएकाछौँ
उहाँ युगको विशेषज्ञ हुनुहुन्छ ,उहाँबाट छिपेको विषय शायदै सृष्टिमा नहोला
कोरोना त केही होइन, जे हो त बेसार हो
बन्दाबन्दीले कसारको उति चर्चा नभए पनि
स्वयम् उहाँबाट बेसारको बृतान्त बयानले बजेट किसान र कृषि थला परेपनि
किसान र कुषि प्रेमको प्रकट उहाँले गर्नु भयो, अब बेसार बनाउनेले पनि ढुक्क भए हुन्छ
माथिबाटनै बेसारको बयान भएको छ,
बजेटमा बेसार, र बेसार बनाउनुहरु बेकार जस्ता भएपनि
कोरोनाले बेसारको कैरन राम्रै ल्यायो
अब उहाँसगै हामी सबैले भनौँ ‘बेसार र असार जिन्दाबाद’
किनकी उहाँले भन्नु भएपछि हामीले पनि भन्नु पर्छ
राहतको बजेट तल आएपनि
कता तल हो राम्रो थाहा नभएपनि
बेसार माथिबाटै सिफारिस भएको छ
यो माथिको आदेश मेरा हजुरबाको पाला देखि
त्यो आदेशको पालना तलकाले मान्नु पर्छ
त्यसैले सबैले भनौँ ‘ बेसारसँगै असार पनि जिन्दाबाद’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button