सृजनाको चौतारी

खुल्ला किताब

तारा पौडेल
कविता

म खुल्ला किताब हुँ
सबले पढ्दा हुने
धेरै थोरै ज्ञान भए
सबले बाँडदा हुने
सादा जीवन उच्च बिचार
सबले लिए हुने
पश्चातापमा बाच्ने जीवन
मरे तुल्य हुने
पसिनाको थोपा भित्र
अनाज धेरै हुने
त्यहि अनाजको मुल्य
आज किन निम्न हुने
सतहिमा सृजनाका
भाब धेरै हुने
त्यहि भाबलाई पोख्न
खोज्दा कोहि जन
त रुँने
खुशीहरुमा खुल्नु पर्छ
दिल खोली खोली
पिर मात्र गर्दा धेरै
दुस्ख हुन्छ भोलि
धेरै धेरै ज्ञान भए सबले बाँडदा हुँने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button