सृजनाको चौतारी

जिन्दगी

सुभद्रा भट्टराई
कविता

जिन्दगी एउटा बाध्यतामा
अल्झिएको कोसेढुङ्गो
आकाशमा मडारिएको बादल
अनि धर्तीको अन्धकारसँग
परिबन्ध र आवेगले जेलिएको
सङ्घर्षको खाली मैदान

टुटेफुटेका सपनाहरू सजाउन
तरङ्गित हुन्छन् जिन्दगीका क्षणहरू
लहरहरूसँग लड्छन्
बादल बनेर मडारिन्छन्
घरीघरी रङ बदल्छन्
इन्द्रेणीझै झुल्कन्छ र हराउँछ
परिवेश अनुसार चल्ने एउटा अजर छाँयाझै
मसँगै घिस्रदै छ जिन्दगी ।
२०७७,४,१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button