कृषि र किसान

पाल्पाका किसानले पाएनन् खुर्सानीको उचित मूल्य

६ भदौ, २०७७

रामपुर। बगनासकाली गाउँपालिका ­१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका छन् । खुर्सानी बेचेर २ लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार मूल्य नहुँदा सस्तोमा विक्री गर्नुपरेको उनी गुनासो गर्छन् ।

उनले करीब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन् । अघिल्लो वर्ष प्रतिकिलो रू। ९० देखि १०० मा खुर्सानी विक्री गरेका पाण्डेयले यस पटक मुस्किलले रू. २० देखि रु २५ मा बेच्नु पर्दा कृषकलाई सित्तैमा बेच्नु सरह जस्तै भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button