
कविता
ढाकानाथ खतिवडा
अरू देख्छन् मलाई राम्रै दुःख सुख बाँचेकै छुँ
जीवन जिउन धेरै गार्हो सिलाएर हाँसेकै छुँ।
साँझ बिहान जुटाउदै जाने रहेछ छोटो चोला
छिद्र देख्लान सबले भनी टुक्राटुक्री टासेकै छुँ।
मनका पीर औडाहरु गुम्स्याएर भित्र भित्रै
दुनियाँ सामु दुई खुट्टाले उभिएर नाँचेकै छुँ ।
नजर फरकफरक होलान हेर्ने दृष्टि अलग
माथि पुग्ने रहर थोरै तलै भएनि साँचेकै छुँ ।
सबै मान्छे दौडीराछन पछि पछि कुदनै पर्यो
बाटोबीच आएका काडा बलबुताले भाँचेकै छुँ।
जीवन जिउन धेरै गार्हो सिलाएर हाँसेकै छुँ ।।
माइजोगमाइ, इलाम



