
ढाकानाथ खतिवडा
गजल
पानी पर्दा ओड्ने छाता चुइने भयो हजुर
दुःख पर्दा भएको नाता टाढा भयो हजुर ।
भन्थे सबै आगो ताप्छन बलेको नै ठाउँमा
खरानीको मोल छैन खाता डढने भयो हजुर ।
सबै हाइहाइ गर्थे हिजो बलि राख्या बेला
शक्ति सिध्दियो आज घाटा मात्र भयो हजुर ।
कति चिज राम्रा थिए छोपिदिदा जवानीले
उता बल्न थाल्यो उतै हाता लाग्ने भयो हजुर ।
निर्बल भयो तेज अनि निस्तेज भयो यौवन
जीवन फोहोर फाल्ने बाटा जस्तो भयो हजुर ।
नयाँबजार , इलाम


