सृजनाको चौतारी

कोरोनाले

गजल

अत्यास भयो कोरोनाले के ले चुलो बाल्ने
ब्यवसाय झ्वाम्म भयो के पो गर्न थाल्ने ।

गरि खाएको पेसा अब नचल्नेमा पुग्यो
खानलाउन जुटाउन के कदम पो चाल्ने ।

पाखुरामा बलबुता सकिएको भने छैन
यस्तोहोला थिएन अब केले जीवन टाल्ने ।

सोच चिन्तन अब फरक बनाएर यहाँ
खोज्नुपर्ने भयो केले परिवार पाल्ने ।

कहर अन्त्य हुनसके बाँचिने पो थियोेकि
चिन्ता बढयो शोक रोग के गरेर फाल्ने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button