
६असोज २०७७
मेचीनगर ।
भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै पूूर्वी काँकरभिट्टानाकाबाट प्याजको आयात एकसातादेखि शुन्य छ । भारतमा हरेक वर्ष भदौ र असोज महिनामा प्याजको अभाव हुने गरेको छ।
भारतको प्याज निर्यात प्रतिबन्धसँगै नेपाल आयात हुने प्याज केहीसातादेखि शुन्य रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। कार्यालयका प्राविधिक सहायक चन्देश्वर ठाकुरका अनुसार शुरु शुरुमा दैनिक १ देखि ३ वटा प्याज बोकेका गाडी आउने भएपनि एकसातासम्म एक गाडी पनि प्याज आयात भएको छैन् ।
प्राप्त जानकारी अनुसार गएको आर्थिक वर्ष २०७६÷७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको थियो । भारत वाणिज्य तथा उद्योग मन्त्रालयले भदौ २९ मा निर्यात नीतिमा संशोधन गदैं तत्काल लागू हुने गरी सवै खाले प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि चाडपर्वका बखत प्याजको अभावसँगै बजारमा मूल्य बढेको छ भने नजिकिदै गरेका चाडपर्वमा यसको मूल्य अझ बढ्ने संभावना देखिन्छ ।



