
७ असोज २०७७
बिर्तामोड । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मन्त्री भुसालले सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै मन्त्री भुसालल भने, ‘आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिंढीलाई बताउँछ ।’
लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भुसालले लेखकलाई धन्यवाद दिए । पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १ सय ५२ पृष्ठको रहेको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गरेका छन् ।


