सृजनाको चौतारी

मौन हत्याको रमिता

कविता
हेर्न नचाहेर पनि म हेरिरहेको छु
मौन हत्याकोे रमिता
एउटा भूगोल भित्रको, भूगोलको एक कुनामा बसेर
तिमी मर हामी गन्छौँ तिम्रो लास भन्दैछन् उनीहरु
म हेरिरहेको छु , विवश बनेर
थाहा छैन ,मेरो लास गन्न को आउने हो
फेरि पनि मालिकले भने अनुसार मान्छेहरु मर्न तयार जस्तै बनेकाछन्
सत्य त यो हो , यो मौन हत्या हो तर कानून लाग्दैन
कानूनी रुपमा नै मर भनिएको छ
म बाध्य छु यो रमिता हेर्नलाई
शोक मनाउन पनि बन्देज छ
मुख खोल्न पनि बन्देज छ
अर्थात , मौन हत्या बन्दगर भन्न निषेध छ
तर , मौन हत्या गर्न र मौन हत्या हेर्न छुट रहेको छ
भूगोल भित्रको एउटा भूगोल कुनामा बसेर
म, मान्छेको चित्कार र आँशुको पोखरी नियाली रहेको छु
हुकुमी शासनको चार घेरा भित्र नचाहेर पनि बाध्य बनेको छु
मान्छेका आँशुको नदीलाई पार गरेर हिड्न
एउटा सत्य मौन हत्याको रमिता हेर्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button