सृजनाको चौतारी

प्रतिशोध


जी एन शर्मा
कथा

आज म बाह्र वर्षपछि पहिलोपल्ट जेलको चौघेराबाट स्वतन्त्र सडकमा निस्किएकी छु । मान्छे मारेको कसुरमा मैले बाह्र वर्ष बन्दी भन्ने जीवन बिताएँ । मैले पैmसला दिने भन्ने ठाउँमा पनि त्यो मान्छेलाई मारेको खसोखस बताएँ । बाह्र वर्षको जेलजीवनमा मलाई त्यो मान्छे मारेको बारेमा रत्ति पनि दुःख लागेन; अहिले पनि त्यो क्षणलाई सम्झँदा मलाई पश्चाताप होइन आक्रोश उम्लन्छ; पीडा होइन रक्तिम उत्सव झल्कन्छ ।
त्यसलाई मार्ने साहस भनेको ममाथि त्यसले गरेको जङ्गली ज्यादतिको पशुवत् पराकाष्टा हो । त्यसको अन्त्य नै मेरो मुक्ति हो भन्ने मेरा सङकल्पलाई पूरा गर्न ममाथि भएका सबै ज्यादति र बर्बरतालाई मैले मुक्तिपथको रुपमा स्वीकारेँ । अनि ती सबै उत्पीडनको सामना गरिरहेँ । म अहिले पनि भन्छु– जो मान्छे सामना र सङ्घर्षबाट भाग्छ त्यो ज्युँदो लास हो । त्यस्ता कायरहरुको मृत्युमा आँसु झार्नु भनेको आदर्शताको आवरणमा पाखण्डीपनाको नाटकीय उजागर हो ।
साथी विक्रम, तिमीले मलाई धेरै कुरा सिकायौ । मेरा लागि तिमी सोच्ने गथ्र्यौ मलाई थाहा छ तिमी मेरो असल साथी मात्र होइन गुरु पनि हौ । गाउँबाट कलेज पढन आएकै दिन संयोगले जुन दिन हाम्रो सहरमा भेट भएको थियो सायद तिमीले पनि भुलेका छैनौ होला– त्यो दिन हामी रातभरि सडकका पाहुना बनेका थियौँ । मलाई अहिले पनि सम्झना छ पुसको त्यो कठाङ्ग्रिने जाडोमा अपरिचित हामी कति अनुशासन र इमानदारिताको पर्खालभित्र सडकको पेटीमा बास बसेका थियौँ । तिमी लुगलुग कामिरहेका थियौ । त्यो बेला भनेका थियौ– ‘ज्योतिजी, प्रतिकूलताभित्रै अनुकूलता खोज्नुपर्छ; निराशाभित्रै आशालाई नियाल्नु पर्छ’ । हो साथी, म अहिले तिमीले भनेजस्तै प्रतिकूलताभित्रै अनुकूलता खोजिरहेकी छु ।
कलेजमा हामी सँगै पढुन्जेल तिमीबाट मैले जति साथसहयोग र सल्लाह पाएँ त्यो आज पनि मेरा लागि आदरणीय र अविष्मरणीय छ । एउटा कक्षामा हामी एकै स्तरका विद्यार्थी भए पनि तिमी मेरो असल साथी हुँदाहुँर्द यसकारण तिमी मेरो गुरु पनि थियौ कि जीवन जति सङ्घर्षको समरमा हेलिन्छ त्यतिनै त्यो सार्थक जीवन हुन्छ भन्ने ज्ञान मैले तिमीबाटै पाएकी हुँ । साथी विक्रम, स्नातक पूरा भएपछि मैले गाउँमै फर्किने सोच बनाएकी थिएँ । सोझासिधा गाउँलेहरुकै बीचमा रहेर धेरै पछाडि पारिएको हाम्रो गाउँमा एउटा विद्यालय खोल्ने मेरो धोको थियो तर त्यो पूरा हुन सकेन । किन, तिमीलाई थाहा छ ? हो विक्रम, स्नातकको परीक्षा सिद्धिएकै दिन म तिमी्रो कोठामा गएकी थिएँ– तिमीसँग सल्लाह गर्न भनेर । मेरा हरेक समस्याको, मेरा हरेक प्रश्नको सही निकास र उत्रर दिने मान्छे तिमी मात्रै थियौ । तर, त्यो दिन हामीबीच त्यो विषयमा कुरै हुन पाएन । राजनीतिक–वैचारिक धारमा हामी अलगअलग भएपनि हाम्रो लक्ष्य भने एउटै थियो । तर, त्यो दिन तिमीले मलाई ‘मुक्तिका लागि विद्रोह’ बाहेक अरु केही छैन भन्यौ । मैले पनि स्वीकारेँ तर समय अनुकूल थिएन अर्थात आत्मगत र वस्तुगत रुपले तत्काल विद्रोहले सार्थकता पाउन सक्दैन भन्ने मेरो तर्क थियो । पहिला हामी एउटै विद्यार्थी सङ्गठनमा भए पनि पार्टीमा आएको विभाजनपश्चात् हामी पनि छुट्टिएका थियौँ तर लक्ष्य र उद्देश्य भने एउटै थियो । फेरि पनि हामीबीचको मित्रता र वर्गीय प्रेममा कुनै कमी थिएन । विक्रम, त्यो दिन तिमीले भनेका केही शब्दहरु ‘कायरहरु हल्ला गर्छन्, जनमुक्तिका नाममा जनतालाई प्रलोभनका विशाक्त लड्डुले भुल्याउने गर्छन् तर मुक्तिकामीहरु लड्छन् । जो लड्छन् ती वीरहरु नै मुक्त हुन्छन् बाँकी सबै दास बन्छन्’ ।
त्यो दिनदेखि आजसम्म हाम्रो भेट त भएको छैन तर म तिम्रो त्यो विद्रोहको साहसलाई सलाम गर्छु र फेरि पनि प्रश्न गर्छु– ‘के साँच्चै तिमी तिम्रो लक्ष्यसम्म पुग्न सक्यौ त आज ?’ हजारौैँको बलिदानीबाट प्राप्त भएको यही लक्ष्य हो तिम्रो सपना ? तर पनि म के कुरामा नतमस्तक बन्छु भने जनमुक्तिको लागि जनविद्रोहको महासमरमा लामबद्ध बन्ने सबै योद्धाहरु असली क्रान्तिका सन्ततिहरु हुन् ।
साथी विक्रम, म बन्दी बनेको दुई वर्षपछि जेलमा एउटा चिठी आयो । जब मैले चिठी खोले त्यो चिठी चिठी नभएर विद्रोहको राँको थियो त्यसका शब्दहरु शब्द नभएर उन्मुक्तिका उद्घोष थिए अनि त्यो एउटा विगत, वर्तमान र भविष्य पनि थियो । त्यो चिठी तिमीले पठाएको चिठी थियो । मलाई थाहा छैन तिमीले कसरी थाहा पायौ म जेलमा छु भनेर । आज पनि मसँग त्यो चिठी छ । म हरेक बिहान त्यो चिठी पढ्नेगर्छु जसले मलाई दुनिया देखाइदिन्छ; जसले मलाई हरेक बिहान नयाँ बिहानको खोजीमा निस्कन प्रेरित गरिरहन्छ ।
बाह्र वर्षपछि मैले कैदीजीवन पूरा गरेर सडकमा आउनासाथ सडकको पेटीमा बसेर तिम्रो चिठीको प्रतिउत्तर दिँदै छु । सायद तिमी पनि बाह्रवर्षे जनविद्रोहको एउटा उपलब्धीपछि अहिले खुल्ला भयौ होला । मलाई तिम्रो ठेगाना पनि थाहा छैन तर म यो चिठी एउटा साप्ताहिक पत्रिकामा तिमीलाई सम्बोधन गरेर लेख्दै छु । मलाई थाहा छ त्यो पत्रिका पर्सि मङ्गलबार प्रकाशित हुन्छ । तिमी त्यसको नियमित स्तम्भकार पनि हौ । त्यसैले तिमीले पत्रिकामा यो चिठी पनि पढ्ने छौ । साथी विक्रम स्नातकको अन्त्यतिरै तिमी भूमिगत भयौ । त्यसपछि म यो सहरमा एक्लै भएँ । अरु साथीहरु नै थिएनन् भन्ने त होइन तर तिमीजसरी मलाई बुझ्ने साथीको चाहिँ अभाव नै भयो ।
एक दिनको कुरा हो पुरानो पार्टीसम्पर्कित साथीसँग मेरो अचानक भेट भयो । उहाँले मलाई पार्टीमै बसेर काम गर्न अनुरोध गर्नुभयो । आपूm पनि वर्गीय मुक्ति आन्दोलनको पक्षपाती भएकाले पार्टीमै बसेर काम गर्ने निर्णयमा पुगेँ । आपूmजस्तै भोक, रोग र गरिबीले सताइएका मान्छेहरुका लागि लडने प्रण गरेँ । न्याय, समानता र स्वतन्त्रताका लागि लड्न जनतालाई नै जागृत गराउनुपर्छ भन्ने दृढ सङ्कल्पका साथ म फेरि सक्रिय रुपमा राजनीतिमा लागेँ । तिमीलाई थाहै छ पछिल्लो समयमा हाम्रो पार्टी र क. मोहनको नेतृत्वमा रहेको पार्टीबीच एकता भयो । मैले पार्टीएकता हुने हल्ला चल्दैदेखि क. मोहनसँग हुन लागेको पार्टी एकताप्रति असहमति राख्दै आएकी थिएँ तर त्यो एकता पनि लामो समयसम्म टिकेन पार्टी फेरि विभाजित भयो । म आफ्नै पार्टीको सम्पर्कमा काम गर्न सक्दिै थिएँ । छ वर्षको अन्तरालमा जब म आपूmले पार्टीसङ्गठन गरेको क्षेत्रमा पुगेँ पहिलाको तुलनामा पार्टीसङ्गठन धेरै विस्तार भएको रहेछ तर गुणात्मक होयन सङ्ख्यात्मक रुपमा । कार्यकर्ता होइन भोटर्स तयार भएछन्; योद्धा होइन अवसरवादीहरुको झुण्ड तयार बन्दै रहेछ । कुनैकुनै बेला त मलाई निराशाले छोप्थ्यो पनि तर त्यही निराशामा अर्को आशा थियो– हाम्रो पार्टीको नेतृत्वप्रति अनि पाटीृको पथप्रदर्शक सिद्धान्तको रुपमा रहेको माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराप्रति । केही समयको सामान्य जिम्मेवारी वहन गर्ने क्रममा मलाई भविष्यको उज्यालोले भन्दा वर्तमानको निराशाले नै जित्यो र मैले फेरि सामान्य समर्थक भएर बस्ने निर्णय गर्दै पार्टी सम्पर्कबाट बाहिर आएँ । मलाई धेरै साथीहरुले अराजक र अस्थिर भन्ने आक्षेप पनि लगाउनुभयो । कामको जिम्मा लिने तर काम नगर्नेहरुले नै जिम्मेवारी पाउँथे । पार्टीमा क्षमता भन्दा पनि वाक्पटुतालाई प्राथमिकता दिन थालिएको थियो । सार्वजनिक रुपमा पार्टी र पार्टीकै कमरेडहरुको मानमर्दन पगर्नेहरुलाई छुट हुन थालेको थियो । मैले धेरै समय त बेइमानी र कामचोरहरुको विपक्षमा लड्ने प्रयन्त गरेँ तर कतैबाट त्यसको उचित सुनुवाइ नभएपछि म आपैmँ बाहिर निस्कन बाध्य बनेकी थिएँ । तर मलाई एउटा कुरामा विश्वास थियो र छ पनि । जति सक्छु म मेरो देश र जनताका लागि गर्छु । जति गर्छु इमान्दारितापूर्वक गर्छु ।
त्यसपछि मैले गाउँ फर्कने निर्णय गरेँ । गाउँ पुगेको एक हप्ता बित्न नपाउँदै एउटा दुःखद घटना घट्यो । पहिरोमा परी बुबाआमा र तीन वष्र्ढाको सानो भाइको एउटै चिहान भयो । एकपछि अर्को गर्दै मेरो जिन्दगीमाथि बज्र परिरहे अनि त म साँच्चै एक्ली भएँ । यस्तो लाग्न थालिसकेको थियो कि म कुनै शून्यतामा आपैmँ हराएर आपैmँले आपैmँलाई खोजिरहेकी छु । तर पेरि आपैmँलाई सम्हाल्थेँ रसम्झन्थेँ– म त जिउँदो मान्छे हुँ भन्ने । प्यारो साथी विक्रम, पहिरोमा परेर आपूmबाहेक परिवारका सबै प्रियजनको बिछोडको पीडाले विचित्त भइरहेकै अवस्थामा त्यही निष्ठुरी पहिरोले भताभुङ्ग भएको झुप्रोभित्र म त्यही गाउँको महाजनको एउटा कुपुत्रबाट बलात्कृत भएँ । एउटा वियोगको पीडाले छट्पटाइरहेको बेला पशुवत् यौनकुण्ठाको आपराधिक चरमोत्कर्षमा पुगेर त्यो अपराधीले ममाथि अर्को ठूलो चोट पु¥यायो । मैले भोलिपल्टै आपूmमाथि भएको जघन्य अपराधको खुलासा गाउँभरि गरेँ । एउटी सहाराविहीन युवती, त्यसमाथि पनि दलितकी छोरीको कुरा कसले पो सुन्थ्यो र सबैले बुझ पचाएर मलाई नै उल्टै नखरमाउलीको संज्ञा दिए । तर, त्यो गाउँमा हामी दलित भन्नेहरु पनि दुईचार घर थियौँ । मैले सबै दलितका घरघरमा गएर आपूmमाथि महाजनका छोराले गरेको जघन्य अपराधको वृत्तान्त सुनाएपछि मलाई अहिले पनि सपना भैmँ लाग्छ दशकौँदेखि ‘जदौ विष्ट’ भन्ने मान्छेहरु साँच्चै जागे; मादलका ताना कस्दै गरेका हातहरु मुठ्ठी कसेर उठे; आरनमा खलाँती चलाउँदै गरेकाहरु घन बोकेर उठे; कलमा लुगा सिउँदै गरेकाहरु कैँची बोकेर उठे ।
हामी सबै दलितहरु जब महाजनको आँगनमा आगोको मुस्लोजस्तै बनेर पुग्यौँ उसको घरको मूल खाँबो हल्लियो । चार गाउँका मान्छेहरुको भेला भयो । धेरै वादविवाद र बहसपछि महाजनको छोरो तुलाराम भन्नेले मलाई पत्नीस्वीकार्न बाध्य भयो ।
उसले मलाई पत्नी त स्वीका¥यो तर जुन दिनदेखि म उसकी पत्नी भएँ त्यो दिनदेखि मैले चरम मानसिक र शारीरिक यातना भोग्न बाध्य हुनुप¥यो । शब्दशब्दमा उसले मलाई ‘दमिनी बाहेक केही भन्दैनथ्यो । हरेक रात जाँडले टन्न भएर आउँथ्यो । घरभित्र पसेदेखि नै ‘डुम्राकी छाउरी’ भनेर पिट्न सुरु गथ्र्यो । मैले उसलाई धेरै पटक सम्झाउने कोसिस गरेँ तर ऊ कहिल्यै सम्झने त होइन अझ राक्षसी रुपमा देखापर्न थाल्यो । हरेक रातहरु मेरा लागि मृत्युका सम्भावना बनेर आउँथे । मलाई थाहा हुँदैनथ्यो भोलिपल्ट म कसरी जिउँदै हुन्थेँ । जब सहनुको सीमा पार भयो, मेरा मनभरि ऊप्रति घृणा र आक्रोश मात्रै रह्यो । एक रात उसलाई मैले सुतेकै ठाउँमा मुला काटेभैmँ काटिदिएँ । उसको मृत्युको छट्पटीमा मलाई आनन्द आयो । जब उसले प्राण छोड्यो त्यो क्षण खुल्ला आकाशमा एउटा दशकौँदेखिको पिँजडाभित्रको पन्छीले स्वतन्त्ररुपमा पखेटा फिँजाएर आकाशमा उडेभैmँ लाग्यो खुल्ला आकाशको खोजी गर्दै ।
मलाई विश्वास छ मेरो यो आफ्नै कथालाई तिमीले पढ्नेछौ र तिमीले नै लेख्ने स्तम्भमार्पmत जवाफ पनि दिनेछौ । सायद त्यसपछि हाम्रो भेट हुने मैले अपेक्षा पनि राखेकी छु ।
हाम्रो पत्रिका प्रकाशित हुने दिन भनेको भोलि मङ्गलबार हो । कुरियरमार्पmत आएको ज्योतिको यो चिठीरुपी जीवनकथा जब मैले पढेँ । त्यसलाई मैले चिठी मात्रै नभएर जीवनको रुपमा पढँे । मैले त्यसको बारेमा विक्रमजीलाई थाहा दिइनँ । जब भोलिपल्ट हाम्रो पत्रिकामा त्यो जीवनकथा प्रकाशित भयो त्यसले ठूलो चर्चा पाएको थियो । त्यो जीवनकथा प्रकाशित भएको एक महिना पनि भएको थिएन मैले त्यो चिठी जसरी प्रकाशन गर्नुपूर्व विक्रमजीलाई थाहा दिएको थिइनँ त्यसैगरी उहाँले पनि मलाई एक दिन आएर भन्नुभयो– ‘‘सरोजजी, भोलि दस बजे तपाइँ जसरी भए पनि मेरो कोठामा आउनुहोला अति जरुरी काम छ ।’’ भोलिपल्ट म उहाँले भनेकै समयमा विक्रमजीको कोठामा पुगेँ । म मात्रै होइन अरु साथीहरु पनि भेला हुनुभएको रहेछ । कोठाको एउटा भित्तामा सानो तुल टाँगिएको थियो र त्यसमा लेखिएको थियो– ‘‘प्रगतिशील–जनवादी वैवाहित कार्यक्रम’’ । ब्यानरमुनि दुइटा प्लास्तिकका कुर्सीमा दुईजना साथीहरु वर–वधूको रुपमा थिए । एकजना परिचित मित्र विक्रम र अर्को साथी अपरिचित हुनुहुन्थ्यो । उहाँसँग पनि परिचय गरेँ । उहाँले आफ्नो परिचय दिँदै भन्नुभयो– ज्योति । अर्थात विक्रम शर्मा र ज्योति ठटालबीच वैवाहिक कार्यक्रम सुरु भइसकेको थियो । एक छेउबाट गीतको मधुरो आवाज आइरहेको थियो– ‘सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष …’ ।(जिन्दगीका कथाहरु कथा संग्रहबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button