सृजनाको चौतारी

सयपत्री नै फुल्यो

कविता
दशै गयो तिहार समिप सयपत्री नै फुल्यो ।
लिङ्गे पिङ्ग र देउसे भइलो मन भित्रै डुल्यो ।
मखमलिको छिर्केमिर्के माला क ति राम्रो।
ढिलो छिटो संस्कार लोप हुने होकि हाम्रोरु
चर्म चक्छु नयन बाट स्वयं देखेँ त्यस्तो ।
शिशिर होईन बसन्तले प्रश्न गरे जस्तो ।।
अँधेरी त्यो रातले तृष्णा चाँदनिलााई गर्ने।
रीतिरिवाज परम्परा जोगाई राख्नु पर्ने।।
तिहार आँउदा खुशी धेरै माइती चेली रम्ने।
घर, आँगन उज्यालो नै बेउलि जस्तै लाग्ने ।।
बलिराजाको हुकुमले भन्दै देउसि गाउँने।
गुनिउँ चोलो माँग भन्दै भैलिनि ति आँउने।
अर्थव बुझौ बलिराजा गाई तिहार भैलो।
डिस्कोवार ,पपसङ आज भोलि रोइलो।
बारी छेउमा ओखर बोट भन्ने गित गाको।
मैले ,अलि सम्झीराछु बाल्यकालमा भाको।
मृगलाई ताक्या होइन माया पो डाकेको।
तिमीलाई पाउँन हे प्यारी देउराली भाकेको।
भनेर नारी गित पो गाँउथे सँगिनि खेलेर।
सुसेलि हाली पिङ्गमै झुम्ने रमाईलो गरेर।।
दशै गयो तिहार समिप सयपत्रीनै फुल्यो।
लिङ्गे पिङ र देउसे भइलो मन भित्रै डुल्यो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button