सृजनाको चौतारी

नदिकै गति

कविता
भोगाईकै बिज हो सृजना, क्रन्दनकै बिज हो गित । जननि रोए चर्किन्छ छाती ,शहिद जन्मिए देशको जित।
फरक तेज आदित्यको, झन प्रभातमा न्यानो छ कति? असंभव होला स्वत पोखरी, बग्न के सक्ला नदिकै गति
अधरमै हुन्न संङ्केत, के थाहा अन्दाज मै भुल पो कति।
मधुर बाणिमै लपेट्छ दुश्टले पोख्दै कालकुट विष जति
मपाँईत्वको भेलमै पर्दै, तपाँईत्वको चाहमै डुबे अ ती।
धेरै वन कुन्जको लहरमा, बहुमुल्य श्रीखण्ड नै कति रु
अधर हेर्दा छ गाह्रोनै , मन बुझ्न् झन मुश्किल छ अति। लौ मेरो , मेरो भन्दानै , फुकाई गए हात पुर्खा जो जति।
सबथोक सर्बदा बुझेरनै , बुझपचाई बस्ने जो जन झनै।
के,छाड्ला रअग्निले, बिद्धत हुँ भनि विनय गर्दा पनि।
रसातलमै पुग्न पो नै, अधिक जोर जुलुम गरे पनि।
म, मेरो ब्यर्थ बुझ सके,ऐश्वर्यको रासमा बसे पनि।
श्वास पो बलियो नै ,अड्याउँन अजङ्गको शरीर नै।
जो फुस्किए मटट्भिो, छिनमै डराउँने परिवार पनि।
भोगाई कै बिज हो सृजना ,क्रन्दन कै बिज हो गित।
जननि रोए चर्किन्छ छाती, शहिद जन्मिए देशको जित
फरक तेज आदित्यको,झन प्रभातमा न्यानो छ कति ?
असंभव होला स्वत पोखरी,बग्न के सक्ला नदिकै गति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button