सृजनाको चौतारी

भक्ति सत्जनले

कविता
बारुद बोक्ने बन्दुकले , हाँसो अधरले।
भाव पोख्ने सर्जकले ,न्यानो पवनले।
हिमश्रृङ्खला शैलले , धन कन्जुसले ।
प्यास बुझ्ने जननीले,भक्ति सत्जनले।।
प्राण बोक्ने सजिवले , रस मौरीले।
दुस्ख बुझ्ने माह्त्माले, क्रोध बैरीले।।
बिद्या बाँडने बिद्दतले, कुरा कुरौटेले।
धर्ती थाम्ने रविले नै, आँशु नयनले।
छाल पार्ने समुन्द्रले,ब्यथा बियोगले।
गर्जन गर्ने खहरेले, ज्योति भास्करले।।
समिप पार्ने गुणि जनले, दूर दुष्ट ले।
पुष्प तलास भमराले , पानी बादलले।
मन चोर्ने आरिसेले, दुःख छुलियाले।
चोट पर्दा नुन चुक,छ्र्ने थोरै आफ्नाले।।
सत्य तथ्य मात्र पोख्ने ,कवि,कवयित्रीले।
फलको आशा मिथ्या हो शास्त्र बुझ्नेले।
बारुद बोक्ने बन्दुकले,हाँसो अधरले।
भाव पोख्ने सर्जकले, न्यानो पवनले।।
हिमश्रृङ्खला शैलले, धन कन्जुसले
प्यास बुझ्ने जननीले,भक्ति सत्जनले।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button