दासहरुका दासहरु, जयजयकारको लुतिखरे स्वरमा भजन जपिरहेकाछन्
दासहरु आत्मरतिमा मैमत्त जस्ता देखिएकाछन् केवल यो नाटक हो मेरो भन्ने भएर पनि
दासहरुका दासहरुलाई पत्तै छैन मेरा मालिकहरु कसैका दास हुन् भन्ने
महान आदर्शको पगरि गुथाएर दासहरुको किर्तनमा ब्यस्त बनेकाछन् दासहरुका दासहरु
सडक भोकले आकुल छ, आँगन र पिढि सिकिस्त भएकाछन्
छानो उदाङ्गो बनेको छ, चुलो र चौको निस्ताएको धेरै भयो
मालिकको तलुवाको आशामा दासहरु एकोहोरा बनेकाछन्
अनि आफ्ना मालिकहरुको प्रतिक्षामा दासहरुका दासहरु दण्डवत् गरिरहेकाछन्
साधुहरुको स्थान हराएको छ, चण्डाहरु आदर्श बनेकाछन्
अहिले पनि दासहरु मालिक जस्तै भेषमा मालिक जस्ता देखिएकाछन्
तर, सत्य यो हो
मालिक जस्ता देखिएका दासहरु, मात्र दास हुन्
अनि दासलाई मालिक भन्ने भ्रामक सत्यलाई अकाट्य संझनेहरु
दासहरुका पनि महादास हुन्
0 18 Less than a minute

