विचार

महान झापा किसान बिद्रोह र मुक्ति संङ्घर्षलाई सलाम!

कम्युनिस्टका नाममा कलंक बन्दै गएका नेताहरुलाई चेतनाभया!
(सहिद सप्ताह दिवस सन्दर्भ)

सहिदको रगतले भन्छ हामीलाई
सहिबाटो हिंडदै छौ कि? भुल्यौ दाजु भाई?
एक्काईस फागुन ऐतिहासिक झापा किसान बिद्रोह र मुक्ति संङ्घर्षको बिरासतमा हुर्किएको कम्युनिस्ट पार्टीका लागि आजको दिन सहिद दिवस हो भने बाह्र बर्ष सम्म जनयुद्ध लडेर आएको अर्को जुझारु कम्युनिस्ट पार्टीले गत फागुन १४देखि फागुन २१गतेसम्मलाई युद्धकालीन समय देखिनै सहिद सप्ताह नामाकरण गरी मनाउने गरेकोछ।१४गते देखि २१फागुन सम्मलाई अर्थात महान जनयुद्धका प्रथम सहिद बालक कमरेड दिलबहादुर रम्तेल देखि सुखानीमा हत्या गरिएका पाँच बीर सहिद को बिरता पूर्व गाथा लाई जोडेर सहिद सप्ताह मनाउँदै आएको र झापा आन्दोलन बाट बिकास भएको पार्टी बीच दुईबर्ष पहिले एकता भएको थियो तर यीनै सहिदहरुको रगतको छिटाबाट निर्मित एकिकृत नेकपा आज दुईबर्ष नपुग्दै बिभाजन भ एको अबस्थामा सुद्रिड साम्यवादी आन्दोलन अनि गरिव सर्वहारा वर्गको मुक्तिका लागि आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने उनै जनयुद्ध र झापा आन्दोलनका सहिदको नित्य सनातन आत्माले कसरी हेरिरहेको होला बिभाजित नेकपा का नेताहरुले एकपटक सोच्ने हो किरुअगाडिको ईतिहास हेर्ने हो भने करिव ७०बर्षको नेपाली साम्यवादी आन्दोलन को इतिहास ले गुट र फुटको सामना गरिसकेको यथार्त लाई मध्यनजर गर्दा यतिबेलाको नेपाली कम्युनिस्ट आन्दोलनको अवस्था देखेर भन्न मन लागेको छ? बर्गिय स्वार्थ बिर्सिएर निजी स्वार्थ सिद्ध गर्न नै किन नहोस जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलले वलिदान गरेको विरासत वोकेको माओवादी र फागुन २१को बिहाँन झापा अनि ईलाम जिल्लाको दोसाँध जेमद्वार भनिने सुखाँनी को जंगलमा जेल सार्ने वहाना वनाई पंचायती ब्यवस्था द्वारा हत्या गरिएका झापाका नौ जवान पाँच शिक्षित यूवाहरु, रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन सिंह राजवंशी, कृष्ण कुँईकेल र नारायण श्रेष्ठ हरुलाई बैशाकी बनाउँदै आएको एमाले मिलेर दुईबर्ष अगाडि बनेको नेकपा र उसको नेतृत्वमा गठित त्यसमा पनि झापा विद्रोह ताका तिनै सहिदका साथी सहयोध्दा वनेका खडग प्रसाद ओली नेतृत्व को बर्तमान कम्युनिस्ट सरकारले सहिदले छोडेका अधुरा सपना पुरा गर्नु त कहाँ हो कहाँ बुर्जुवा गणतान्त्रिक र लोकतान्त्रिक मान्यता अनुसार समेत नचलेको साथै पार्टीको पद्दति र सिद्धान्त कुल्चिदै जन चाहना अनुरुप निर्माण भएको एकिकृत पार्टीलाई आफ्नो हठ र सन्कीका भरमा बिभाजन सम्म गराएको देख्दा हामी कम्युनिस्ट पार्टीका सामान्य हित चिन्तक लाई समेत आजकल हिनतावोध हुन थालेको छ भने नेपाली कम्युनिष्ट आन्दोलनको यो लामो मार्चमा जीवन गुमाउने आदरणीय सहिदका परिवार, हिजोको आन्दोलन का भुक्तभोगी देखि युध्द र आन्दोलन का क्रममा जेल, नेल भोगेका घाईते योध्दाको मन झन नेताहरुको आपसी लडाई अनि आरोप प्रत्यारोप ले कति बिरक्तिएको होला? आखिर त्यतिबेलाको झापा आन्दोलनका सहिदको सपना अनि आन्दोलन को उद्येश्य भनेको प्रथमत चिरा चिरामा बिभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताको सुत्रमा बाध्धै जमिन्दारी प्रथाको अन्त्य सामन्ती एकाधिकावादी दलाल पूँजीको राष्ट्रीय करण किसान र मजदुरको मुक्ति अनि सामन्ती राजतन्त्राक्मक ब्यव्स्थाको स्थानमा नौलो जनवादी गणतन्त्र स्थापना गर्ने भन्ने थियो भने माओवादी जनयुद्ध को लक्ष्य र उद्देश्य भनेको क्रान्तिकारी पार्टी, क्रान्तिकारी सेना र क्रान्तिकारी मोर्चा को संयुक्त प्रयासमा पुरानो प्रतिकृवादी राज्यसत्ताको विघटन गरी संविधान सभा मार्फत जन संविधान निर्माण पछि सर्वहारा बर्गको अभिछिन्न सत्ता स्थापना गर्ने लक्ष्य अवस्य रहेको थियो नै।
तर, माथि उल्लिखित पुर्व यी दुई पार्टीका योजना र लक्ष्य समय संगै क्रमश वदलिदै गए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकुल रहेको भन्दै २०२९साल को फागुन २१ मा भएको सुखाँनी हत्याकान्ड लगत्तै आफ्नो रुप रंग वदलेको पुर्ब एमालेको गर्भग्रृह भ्रुणको रुपमा रहेको तत्कालीन बिद्रोही झापा जिल्ला कमिटी र कोअर्डिनेसन केन्द्र का बचेका नेताहरु सीपी र राधाकृष्ण मैनाली, के पी, ओली लगायत ले त लुग ,लुग काँम्दै झापा आन्दोलनको धारलाई नै परिवर्तन गराई२०३५साल पौष ११गते नेकपा माले नामको एक नव संसोधनवादी गुटलाई जन्माई चिनियाँ नौलो जनवादी धारका विरोधी रसियन सामाजिक साम्राज्यवादी धारका पक्षपाती मनमोहन अधिकारी लगायत संग बहुदलीय जनवादको एक कुलङ्गारी दस्तावेज पेसगर्दै मालेलाई २०४७सालमा मदन भण्डारीले एमालेमा रुपान्तर गराईदिए।अनि त्यसपछि चलायमानभयो एमाले मा झन्डैअडाई दशक सम्म चरम अवसरवादी चरित्र र पेटि बुर्जुवा परिपाटी११ उता दोस्रो महाधिवेशन बाट निर्वाचित नेकपा नेतृत्व लाई सामन्तका रक्षाकवज राजा महेन्द्रले खरिद गरेपछि निरन्तर नौलो जनवादी क्रान्तिको वकालत गर्ने निर्मल लामा र मोहनबिक्रम सिंह आदि गरिएका नेताहरूले हुर्काउदै गरेको केन्द्रीय न्यूक्लियस समूह भित्र बि,स,२०४० तिरबाट बिद्रोह गरेर मोटो मशाल, पछि एकताकेन्द्र हुदै २०५१सालमा माओवादी मा रुपान्तर भएको पार्टीले जव २०५२ साल फागुन १बाट बल प्रयोग द्वारा राज्य सत्ता पल्टाउँने भन्दै आफ्नै सेना गठन गरेर दीर्घकालीन जनयुद्धको कार्यदिशा अख्तियार गर्यो र यो कार्यदिशा लागुगराउँन अहिलेका नेकपा एक खेमाका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) मोहन वैद्य र बाबुराम भट्टराई लगायत धेरै नेता कार्यकर्ता लागि परे। उनिहरु द्वारा सन्चालित उक्त१२बर्षे जनयुद्ध कालमा प्रथम सहिद बनेका कमरेड दील वहादुर रम्तेल पछि नेता तथा कार्यकर्ता करिव ११ हजारको हाराहारी का ले रगत बगाए १भने माओवादी को युद्ध नियम बिपरितको शैली अनि जबर्जस्तीपन बाट राज्य पक्षका सेना प्रहरी, कर्मचारी , शिक्षक बिद्यार्थी र सर्वसाधारण गरी तीन हजार पैत्तिससयको हाराहारीका नेपाली ले समेत ज्यान गुमाउँन बाध्य भए नै।राज्य र तत्कालीन विद्रोही माओवादी दुवै तिरवाट गरी द्वन्द्व कालमा करिव १४हजार नेपालीको हत्या भयो भने हामीजस्ता स्वतन्त्र नागरिक हरु समेत हजारौं को संख्यामा अँग, भँग अनि बिस्तापित हुनुपर्यो । देशमा गणतन्त्र स्थापना हुन्छ, गरिव ले न्याय पाउँछन, शोषण दमन सकिन्छ, बिदेशी दासत्व रहन्न भनेर जनताले माओवादीका नाममा दुस्ख गरे रगत बगाए। परिणाम स्वरुप त्यतिबेला संसदीय राजनीति लाई वाईपास गरेर युद्ध मा गएको माओवादी पनि कालान्तरमा सामन्ती राजाबाट लात खाएका संवैधानिक राजतन्त्रवादी पार्टीहरु नेपाली काँग्रेस र झापामा हतियार छोडेर राजतन्त्रको समयमा समेत सत्ता लिप्सामा तल्लिन रहेको एमाले लगायत संँग गलाजोडन पुग्यो अनि यी सबैअवसरबादीहरुको संयुक्त प्रयासमा सामन्ती राजतन्त्रको अन्त्य भईहाल गणतन्त्र समेत स्थापना भई सकेको छ नै। यसरी हेर्दा झापाका कम्युनिस्ट हरुले उठाइएको नारा होस या जनयुद्ध कालमा माओवादीले लिएको लाईन अनुसार नै किन नहोस? गणतन्त्रको स्थापना गर्नुपर्ने माग पनि पुरा भएको छ। तर, हिजो त्यही झापा सङ्घर्षको समयमा तीनै रामनाथ दाहाल र नेत्र घिमिरे हरूका दौतरी बनेर लामोसमय जेल जीवन भोगेका अगुवाहरु देखि जनयुद्धको नेतृत्व गरेका नेताहरु नै नेपालको नव गणतन्त्र मा नव सामन्त बनेर संसदीय फोहोरी राजनीतिमा डुबुल्की मारिरहेबाट हिजो झापा आन्दोलनका नाममा र जनयुद्धको वलिवेदीमा आफ्नो अमुल्य जीवनको आहुति दिने ती वीरहरुको रगत माथी कतै उनिहरुकै सहयात्री हरुवाट कुठाराघात त भएको छैन ?भन्ने प्रश्न चिन्ह वर्तमानमा उभिएको देखिन्छ।दुई कम्युनिस्ट पार्टीको एकता पछि झिनो आशामा रहेका न्यायप्रेमी नेपाली जनताबीचमा एकता भ एको दुईबर्ष नपुग्दै बिभाजन गराईएको कम्युनिस्ट पार्टीको बर्तमान दुवैतर्फको नेतृत्व प्रति आशंका अहिले जनस्तर मै उब्जिरहेको देखिन्छ। गणतन्त्र आईसकेर कम्युनिस्ट पार्टीको नेतृत्व मा झन्डै दुई तिहाई को नजिक मा सरकार बनेको यतिका दिन भई सक्दा समेत सरकारका काम कारवाही हेर्दा कम्युनिस्ट तरिका त छैनन ?छैनन।सामान्य सुधारवादी हरुले गर्ने प्रगतिशिल कार्यहरु समेत झापा आन्दोलनका अगुवा के। पी। ओली ले नेतृत्व गरेको बर्तमान नेकपाको सरकारले गरेको दैखिदैन होईन कम्युनिस्ट संगठनात्मक सिद्धान्त लाई पार्टीभित्र एक अर्का वीच पालना नहुँदा सहिदको रगतवाट निर्मित पार्टी दुबैतिरका अवसरवादी नेताले आज चीरा,चीरा ,बनाईदिएका छन? आखिर हिजो क्रान्तिकालमा अख्तियार गरिएको नीति अनुसार भन्ने हो भने गणतन्त्र घोषणा भएको नेपालमा यतिवेला सम्म उत्पादनका क्षेत्रमा कामदारको हिस्सा र साझेदारी, आमन्ती भुस्वामित्वको अन्त्य अनी शिक्षा, स्वास्थ्य को क्षेत्रमा,निसुल्कता, रोजगारी को प्रत्याभुति, साम्राज्यवाद र भारतीय विस्तारवादी हस्तक्षेप को पूर्ण रुपमा अन्त्य भैसक्नु पर्नेमा ठीक त्यसको उल्टो यहाँ आज अमेरिकी साम्राज्यको कुटिल योजना एमसीसी युरोपियन युनियन का नाममा हाम्रो सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपालको राष्ट्रियता नै खतरामा पार्नेगरी सरकार र बिभाजित दुबै कम्युनिस्ट नामधारी समुहबाट गतिविधि भै ईरहेका मात्र होईन उद्योग धन्दामा दलाल नोकरशाह हरुकै झन बढि हालिमुहाली बढेको छ भने शिक्षा र स्वास्थ्य अनी सामाजिक सुरक्षा का क्षेत्रमा समेत हिन्दी को कहावत मा भनिए जस्तो ूसबसे बडिँयां रुपैयाूँ भन्ने नीति लागु गरेर सहिदको रगतको भ्रुणबाट जन्मिएको कथित कम्युनिष्ट सरकार अनि नेताहरुले नोकरशाह र दलालहरुको राज लाई छुट मात्रदिएका छैननु कर्मचारीतन्त्र एवं सेना प्रहरीमा सदियौ देखि कायम रहेको हुकुमी भ्रस्ट प्रबृति लाई कम्युनिस्ट भनाउँदाहरुले काखी च्यापीरहँदा जनता जनार्दन ले गणतन्त्र नेपालको जननिर्मितं भनिएको संविधान लागु भ एको अनुभूति गर्न पाएको पटक्कै देखिएन। त्यसैगरी चाहे झापा आन्दोलन ताका होस या जनयुद्ध को समयमा नै किन नहोस दुस्ख कस्ट गर्ने, ज्याँनलाई जोखिममा राखेर लडाईको मोर्चामा उभिने देखि समर्थन गरेबापत राज्यवाट पीडित भएका र सयौ को संख्यामा बेपत्ता भएका हरुका परिवार ,जेल नेल अनि बिस्थापन र यातना भोगेका ईमान्दार नेता कार्यकर्ता हरुलाई अवसरबाट वञ्चित गरेर नव कम्युनिस्ट अनी पुराना राजशाही मन्डलेहरुलाई अवसर र कतिपय महत्वपूर्ण ओहदा मा पैसा घुस का साथ कमिशनको मोल मोलाईमा माथिउठाउन उद्दत नेकपाको बर्तमान नेतृत्व र कम्युनिस्ट नामधारी सरकार मा बसेका जो हिजोका दिनमा रगत वगाउने तीनै सहिदका सहयात्री थिए उनिहरुलाई जनयुद्ध र सुखाँनी लगायतका स्थानमा बगेको रगत ले अव माफिदिने छैन यी युद्ध सरदारहरुलेअव पनि चेतेनन र आलोचना आत्मालोचना गरेर पार्टीभित्रको आन्तरिक किचलो पद र कुर्सीको लडाईका साथ अहिलेको बिभाजन रोक्न सकेनन भने सहिदको रगतले यी दुष्टहरुलाई अवस्य सराप्ने छ र भत ,भती पोल्नेछ भन्दा अतिशयोक्ति नहोला।
झापा सङ्घर्षको ईतिहांस २१फागुन।
प्रिय पाठक बृन्द यसभन्दा अगाडि नेपाली कम्युनिष्ट आन्दोलन भित्र दुई अलगर अलग धार एमाले र माओवादी का गतिविधि अनी उनिहरु एक भ ई बिभाजन सम्मको तहमा पुगेपछिको बर्तमान अवस्था वारे माथि संक्षेपमा चर्चा गरिएको छ भने आज २१फागुन जस्तो अति पुन्यत्तम बलिदान दिवश परेकाले ऐतिहासिक झापा किसान विद्रोह र मुक्ति सङ्घर्ष ताका आजकै दिन बि,स,२०२९सालको २१फागुनमा सङ्घर्ष लाई दवाउँने नाममा सबैभन्दा ठुलो नरसंँहार तत्कालीन पंचायती राजशाही ले गरेको क्षणको संझनामा अव अगाडि त्यहीँ ऐतिहासिक झापा सङ्घर्षको चर्चा गर्दै सुखानी मा हत्या गरिएका आदरणीय पांँच सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने अनुमति चाहान्छु।खासगरेर बि स १९९०पछिमात्र छिटफुट रूपमा पहाडी मूलका मानिसहरु बसाईसरी आउने क्रमसंगै घना जंगल मूलुक भनेर चिनिने झापा र मोरङ्गको जमिन क्रमश आवाद हुन थालेको हो। यदा, कदा को खाली जमिनमा परापूर्वकालदेखि यहाँ का आदिवासी हरु राजवंशी, ताजपूरिया, गनगाई मेचे, धिमाल दनुवार, कुँमाल, कवर, चौधरी, उराऊँ, मुन्डा र सन्थाल हरु बस्ने गर्दथे।राणा प्रधानमन्त्री जुध्द शमसेरले आफ्ना आशे पाशे अनी टाठा वाठा पहाडेलाई खाली जमिनको रेखदेख गर्न खटाउदै पटवारी र जिम्दार पद दिंदै खटाएपछि २००७सालको आसपासमा निकै ठुलो संख्यामा पहाडी मूलका नेपालीहरुको झापा बसाई सराई भयो। खास गरेर धानको भातखान धेरै जमिन खेतिगर्न झरेका पहाडिहरूकै कब्जामा झापाको आवाधी जमिन हुँनपुग्यो एका दुई राजवंशी हरु जिम्दार रहेपनि अन्य आदिवासी हरु क्रमश भुमिविहिन हुनपुगे।राजा रजौटा एवं बडाहामिकको चाकरी गर्ने चलाख पहाडेहरु नै जमिनका मालिक वनेपछि अन्य पहाडेहरु समेत तिनै मुठ्ठिभर सामन्तको हलि गोठाला वन्न बाध्य भएभने आदिवासीहरु जन ,मन गरिखाने मजदुरमा परिणत हुन वाध्य पारिए। ठीक त्यहीवेला झापामा २००७सालको क्रान्तिको असर देखापर्यो र नेपाली काँग्रेस को मुक्तिसेना वनेपनि टाठा वाठा पहाडे जिम्दारका छोराहरु नै आन्दोलनको नेता भए भने केही बनारस पढन गएका यूवाले पारिपट्टि भारतको गलगलिया मा नेकपा गठन गरे त्यसवेला नेकपा झापा जिल्ला कमिटि गठनगर्ने हरुमा गणेश वहादुर प्रसाई, धर्म प्रसाद ढकाल, टिका प्रसाद सापकोटा, गोपाल कृष्ण प्रसाई, शिव प्रसाद न्यौपाने आदि थिए। कालन्तरमा गोपालकृष्ण र टिकाप्रसाद वाहेकका सबै जमिन्दार पुत्रहरु पंचायत मा प्रवेश गरेर कम्युनिस्ट नेता तथा कार्यकर्ता लाई मार्ने मराउँने सम्मको हर्कतमा उत्रिए भने नेपाली काँग्रेस ले झापामा गठन गरेको जनसरकार का अगुवा मध्ये अधिकांश समेत पंचायतमै पसेका थिए। जव राजा महेन्द्रले पञ्चायत घोषणा गरे त्यसको समर्थनमा जमिन्दार हरु झापामा डुक्रिन थालेकै वेला अखिल नेपाल किसान संघ गठन गरेका रुद्र चापागाईं र पूर्णवहादुर आले मगर लगायतका योद्धाले खमार जाम यानिकी धान जमिन्दारलाई नदिने आफै किसानले खाने आन्दोलन चलाएपछि प्रसाशनले किसान नेताहरुलाई बर्बर दमन गरेको थियो। यहि पेरीफेरीमा नेकपाको तेस्रो महाधिवेशन बाट गुट फुट हुन थालेपछि मनमोहन अधिकारी को नेतृत्व मा पुर्वतिर नेकपा पुर्वकोशी प्रान्तीय कमिटि गठन हुंँदा त्यसको पहिलो झापा जिल्ला सेक्रेटरी भए बाहुनडाँगी का मदन खपाङ्गी र यहि कमिटिमा तत्कालीन मेची महाविद्यालय भद्रपुरमा अध्ययनरत विद्यार्थी हरु अनेरास्ववियू मार्फत संगठित भए भने आठराई बाट झापा झरेका लप्टन दाहालका छोरा रामनाथ दाहाल, बिराटनगरबाट औलो उन्मूलनमा जागिरे भएर झापा पुगेका मोहनचन्द्र अधिकारी अनि झापा जिल्ला पंचायतमा रुस मा अध्ययन गरि फर्कि पिडिओ जागिर खादै गरेका बिरेन सिंह राजवंशी आदिको भेटभयो। चिनियाँ नौलो जनवादी क्रान्ति र भारतकोको नक्सलवाडी, सिलिगुडी तिर चारुम्जुदार र कानु सन्याल हरुले चलाउँदै गरेको जमिन्दार काटौ खेतमा कम्युनिस्ट पार्टीको झन्डा फहराउँ भन्ने अभियान संँग परिचित यी युवाहरुले तत्काल झापामा वृहत भेला वोलाएर मनमोहन संग सम्वन्ध बिच्छेद गरी राधा कृष्ण मैनाली को अगुवाईमा झापामा जमिन्दार सखाप पार्ने अभियान संचालन गर्न बिद्रोही जिल्ला कमिटि गठनगरी चारुम्जुदार मार्फत गुरिल्ला लालिम लिएको बताईन्छ। तालिम लिइसकेका झापाली युवाहरुले बि, स,२०२५सालदेखि जिल्लाका धनाढ्य जमिन्दार काटने अभियान चलाएर तत्कालीन रापंस धर्म प्रसाद ढकाल सहित परिवार र अन्य कतिपयलाई २०२८सालसम्म आईपुग्दा उनिहरुले खुकुरी कै सहारामा ढालि नै दिए। त्यस बेला झापाका प्रत्येक बिद्यालयका शिक्षक र विद्यार्थी समेत स्क्वायड गुरिल्ला युद्ध टिम गठन गरेर क्रान्ति मा होमिएका थिए। जमिन्दार का शिक्षितः छोराहरु सी, पी ,र राधाकृष्ण मैनाली, रामनाथ दाहाल र उवेलाका गरिव मोहीकिसान मोहन ओलीका छोरा बर्तमान का धनाड्य प्रधानमन्त्री खडग ओली लगायत मा समेत नेतृत्व गर्ने क्षमताको विकास संगै बिस्सस्२०२५देखि २०३०जेठसम्म संचालित जमिन्दार सफाया अभियानमा रामनाथ दाहालकै योजनामा सुरुमा राधाकृष्ण मैनाली उहाँ बिरामी परेपछि के, पी, ओली र ओली द्वारा ब्यक्तिहत्याको विरोध पार्टी भित्र हुँनथालेपछि र पलायनवादी बिचारतिर लागेको थाहापाएर बि,स, २०२९फागुन ६गते वुधवारेमा वोलाईएको विस्तारित बैठक पछि सी, पी, मैनाली लाई सचिव वनाएर बर्ग दुश्मन सफाया अभियान चलाएका झापाली हरुले जव २०२९साल फागुन २१गते जेलसार्ने बहानामा सुखानी मा चारपानेका रामनाथ दाहाल ज्यामिगढीका बिरेन राजवंशी अनी गरामनी का शिक्षक नेत्र घिमिरेका साथमा एस, एल, सी, दिएर बसेका गरामनी कै युवाहरू कृष्ण कुँईकेल र नारायण श्रेष्ठ को पंचायती सरकार द्वारा हत्या गरियो त्यसपछि एका दुई घटना बाहेक अरु एक्शन हुन सकेनन क्रान्तिको नेतृत्व कर्ताहरु पक्राउ पर्ने र मारिने क्रम वढेर गएपछि ओईलाएकोझापा विद्रोहको उदगम स्थल माईनदि पुर्वका गरामनी, चारपाने, घैलाडुव्वा, वुधवारे धाईजन र शनिश्चरे अनी ज्यामिगढी लाई मानिन्यो झापा सङ्घर्ष मा मारिने र लामो जेल जीवन बस्नेहरु सबभन्दा बढी गरामनी क्षेत्र का योध्दाहरू देखिनुहुन्छ। मारिने सहिदहरु नेत्र घिमिरे, कृष्ण कुँईकेल, नारायण श्रेष्ठ मात्र हैन चन्द्र डांगी पछि जेलमै मारिएका भेटला राजवंशी हरिकिशन चौधरी, हेम वहादुर खडका, भेटला राजवंशी आदि गरामनीकै हुनुहुन्छ भने जेल जीवन र लामो समय भुमिगत बस्ने हरु जीवन मगर भिम वहादुर खडका रुद्र सुवेदी गौरा प्रसाई सीता खडका देवी घिमिरे हर्क खडका खगेन्द्र चुडाल नरेश खरेल समेत यहिका वासिन्दा हुनुहुन्छ उता १७बर्ष जेलबस्नेहरु मनकुमार गौतम मोहनचन्द्र अधिकारी घनेन्द्र वस्नेत सानो दुर्गा अधिकारी अमर अधिकारी ठुलो दुर्गा अधिकारी भिस्म धिमाल मंगलमणि सतार मानकुमार तामाङ आदि समेत पुर्वि झापाको विभिन्न स्थानका हुनुहुन्छ बुधवारेका राम प्रसाद प्रधान र जेलको यातना बाट मृत्यु भ एकी लीला कटेल समेत झापा आन्दोलनका आदरणीय सहिद हुनुहुन्छ त्यसैगरी शिव शिवाकोटी, धर्म घिमिरे ,नारद भारध्वज, गंगा उप्रेती, तील बिक्रम ढकाल ,अम्बर कार्की लगायतका योध्दाहरू ले समेत सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने त्यो महान आन्दोलनमा उल्लेख्य भुमिका निभाउँनू भएको छ।यसरी हजारौ झापाली जनताको साथ अनी सहयोगमा चलाईएको त्याग र निष्ठाले भरिपुर्ण झापा बिद्रोहको प्रमुख नेतृत्वकर्ता हरु मध्ये राधाकृष्ण मैनाली र के पी ,ओली १४बर्ष मोहनचन्द्र अधिकारी नरेश खरेल र घनेन्द्र बस्नेत १७बर्ष जेल बस्नुभयो भने सी पी मैनाली लगायत केही नेता २०३३सालमा नख्खु जेल तोडेर भुमिगत भई अखिल नेपाल कोअर्डिनेशन केन्द्र हुँदै नेकपा माले गठन गरी जेलमा भएका सबै छुटेर २०४६पछि नेकपा एमाले वनाउँन लाग्नु भएको देखिन्छ। कम्युनिस्ट का नाममा जनआधार बटुल्टै पार्टी पुनर्गठन मार्फत कठोर राजनीति यात्रा पुरागरेका मध्ये दुई मैनाली वन्धुहरु आज आ, आफ्नै डम्फु वजाउँदै चर्चावाट हराएपनि के ,पी, ओली आज त्यही झापा सङ्घर्षको जगमा उभिएको पार्टी नेकपा र सरकार संचालनको प्रमुख जिम्मेवारी मा मात्र छैनन छदाखादाको कमरेड के,पी, ओली शब्द र नाम कसैलाई सापटी दिएर कुन्डले ,मन्डले ,झ्याप्ले, मुन्द्रे हरुबीच लोकप्रिय बन्न के,पी, बा ,बनेका छन्। फागुन २१का दिन झापा संङ्घर्षले सबैभन्दा ठूलो क्षति ब्यहोरेको र योध्दाहरू ले रगत वगाएको सहिद दिवस मनाईरहँदा नेतृत्व कर्ताहरुले आन्दोलनको उद्देश्य पुरा भयो भएन सहिद र पीडित हरुको त्यागको सम्मान गर्यौ कि गरेनौ अनि कम्युनिष्ट आन्दोलन लाई कहाँ लादैछौ भनेर समिक्षा गर्नूको सट्टा अलग ढंगका युद्ध को जगमा हुर्किएर कालान्तरमा एउँटै कम्युनिस्ट पार्टी वनाएको आफ्नै आमा रुपी पार्टीलाई भागवण्डा नमिलेकै भरमा फुटाउँनू र संविधान मै नभएको ब्यवस्था लाई अपब्याख्या गरेर जनताको सर्वोच्च निकाय संसद सन्किका भरमा विघटन गर्नु सम्मानित अदालतले उक्त बिगठनलाई उल्टाईदिँदा पनि लाजै नमानी प्रधानमन्त्री को कुर्सीमा बा, बनेर टासिईरहँनू ,आपसी लडाई गरेर धुम्बाराही र पेरिसडाँडामा आफ्नै कम्युनिस्ट आमा बिरुद्ध ताना वुना बुन्नेहरु आजको फागुन २१गते कुन अनुहार लगाएर सहिदलाई संझन्छन हँरुमलाई २१फागुनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र महाँन जनयुद्धका नायक कमरेड प्रचन्ड , माधव नेपाल र झलनाथ खनाल हरुलाई प्रश्नसोध्न मनलागेको छस्कमरेडहरु तपाईहरुलाई आफ्नै कम्युनिस्ट आमा काटने अधिकार कस्ले दियो? प्रिय परिवर्तनकारी एवं कम्युनिस्ट आन्दोलनका हितचिन्तक महानुभावहरु, बासृतवमै आज सहिद सप्ताह र सहिद दिवश मनाईरहँदा हामीले यी सवालमा गंभिर भएर समिक्षा नगरे सुखानीमा रगत वगाउने पांँच सहिद देखि हजारौ सहिदको सपना अवस्य अधुरो रहने छ र राष्ट्र को उन्नती प्रगति कदापी हुने छैन। यदि यहितालले पार्टी र सरकार चलाउने यसैगरी जनताको रगत पसिना बाट निर्मित पार्टी बिभाजित हुँने हो भने अव नेकपा संगै महान नेपाली कम्युनिस्ट आन्दोलन म्युजियममा जाने निस्चित छ। त्यसैले स्आज परेको सहिद दिवसशले देश र जनता को हित मा काम गर्न अनी नेकपा लाई साच्चिकै सहिदको साथी वनाउँन फुट बिभाजन अनि आरोप प्रत्यारोप मा लागेका कुलङ्गार हरुलाई समेत आपसी हठ छोडेर पुन एकता मा आई सर्वहारावर्गको पार्टी निर्माण गर्न थप प्रेरित गरोस भन्ने शुभकामना
दिदै सुखानीमा हत्या गरिएका पांँचैजना बीर सहिद का साथमा महान जनयुद्ध का प्रथम सहिद बालक कमरेड दिल बहादुर रम्तेल लगायत हज्जारौ सपुत प्रति रक्तिम सलाम र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।अस्तु
(लेखक मिश्र कुनैबेला नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अन्वेषण कार्यदलका सदस्य थिए) सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button