करुणा कुँवर, मनोविद्
डरको प्रस्पेक्टिभ पनि धेरै खालको हुन्छ। सुरुसुरुमा धेरै क्षति पु¥याउँछ कि भन्ने सोचाइ थियो। त्यो सोचाइले मानिस डराएका पनि थिए। इटालीमा धमाधम मानिसको मृत्यु भएको, शव व्यवस्थापनमा समस्या भएको, त्यहाँको संसदको लागि अप्ठेरो समय भएको जस्ता कुराहरु समाचारमा पढ्न र हेर्न पाइएको थियो। त्यो कुराले निकै अत्यास गराएको थियो। त्यहाँको जस्तै भयाभह स्थिति आउँछ कि भन्ने पनि लागेको थियो।
दसैंको समयमा महामारी देखियो। त्यसले मानिसमा डर देखियो। ओहो, यो त बढ्दो रहेछ। मानिसलाई गाह्रो पनि बनाउँदो रहेछ भन्ने पनि देखियो। त्यसपछिको समयमा भने कोभिड–१९ सँग कसरी जोगिने त भन्ने कुरा बुझिँदै गयो। त्यसैले मानिस सामान्य बन्दै गयो। अहिले कोभिड छ, लाग्न पनि सक्छ तर यसबाट बच्न सकिन्छ भन्ने आइडियाहरु थाहा पाउन थालेको जस्तो लाग्छ।
अरु उपाय छैन, लागिहाल्यो भने केयर गर्ने, गाह्रो भए मात्र अस्पताल जानुपर्ने रहेछ भन्ने कुरा पनि थाहा हुँदै गयो। कतिपयको घरमा बुढापाका हुनुहुन्छ। उहाँहरुलाई जोखिम हुनसक्छ भन्ने व्यक्तिहरु अझै पनि डराइरहनु भएको छ। यसलाई डराएको पनि नभनाँै, सचेत भएको भनौँ।
केही मानिसको कस्तो साइकोलोजी पनि देखेको पनि छु भने काठमाडौंमा लक्षण देखिए वा शंका लागे सजिलै परीक्षण गर्न पाउने सुविधा छ। तर जिल्लाका साथीहरुसँग कुरा गर्दा उहाँहरुको गुनासो अर्कै छ।
दुई जना साथीले अनुभव सुनाउनु भएको थियो कि, उहाँहरुले कहिल्यै पनि परीक्षणबाट कोरोना भएको थाहा पाउनुभएन। किन त भन्दा लक्षण देखिएपछि पनि त्यहाँको पालिकाले परीक्षणका लागि नाम लेखेर पठाएपछि मात्र परीक्षण गर्ने समय आउँथ्यो। त्यो समय आउँदा २४÷२५ बितिसकेको हुन्थ्यो। त्यसपछि गएर जाँच गरिदिनोस् न भन्दा तपार्इंहरु स्वस्थ भइसक्नुभयो, किन परीक्षण गरेर टेस्ट किट खेर फाल्ने भनेर फर्काइन्थ्यो।
उहाँको परिवारमा अन्यको पनि परीक्षण भएन। भनेपछि यसबाट के देखिन्छ भने परीक्षणका लागि सबैलाई सजिलो थिएन र अझै पनि छैन।
पछिल्लो समयमा भने तपार्इंबाट सोधेर लक्षण भएमात्र टेस्ट गर्ने भनियो। यहाँ त कति लक्षण नभएका व्यक्तिहरुलाई पनि संक्रमण भएको छ नि त। उनीहरुको टेस्ट नै गरिएन।
परीक्षण नगरी बस्दा थाहा पनि भएन, कोभिड भयो कि भएन भन्ने। अनि यसरी बसेर पनि भएन भन्ने सोचले पनि निस्कनै पर्ने अवस्था आयो। योसँग डराएर बस्दा झन हामीलाई गाह्रो भयो। त्योभन्दा बरु मरे पनि, बाँचे पनि निकस्नुपर्छ, काम गर्नुपर्छ भन्ने सोच आएको देखिन्छ।
एक जना, दुई जना मानिस निस्कन थालेपछि अरु पनि निस्कनै पर्ने अवस्था आयो। एक–एक जना गर्दै धेरै जना निस्केपछि म मात्र नजाँदा अनौठो जस्तो हुन थाल्यो। त्यसैले निस्कनै प¥यो।
एउटै मात्र कारणले होइन, यस्ता धेरै मिश्रित कुराहरुका कारणले नडराएको हुनसक्छ। म डराएको भन्दा पनि सचेत भएको हो। डराएको पनि हुन सक्छ तर न्यु नर्मल पनि हुन थालेको होला।
अर्को कुरा, राज्यले कसरी सोचेको छ। सचेतना कसरी फैलाएको छ भन्ने कुरा पनि धेरै असर गरिहाल्छ नि। घरमा पनि हेर्नूस् न बुबा–आमा डराएनन् भने छोरो पनि डराउँदैनन भनेको जस्तै हो नि। राज्यले खुला गरेपछि त जनता पनि जाने नै भए।
विदेशमा लकडाउनका समयमा राज्यले जनतालाई घरमै बस्न भनेसगैँ उनीहरुको आधारभूत आवश्यकता पूरा गर्दै राज्य तिमीहरुको साथमा छ है भनेर भरोसा दिलाएको देखिन्छ।
तर, नेपालमा त्यो सम्भव भएन। कतिपय बिरामीले उपचार नपाउने, भोकाहरुले खान नपाउने अवस्था आएपछि जे भए पनि काममा निस्कनै पर्ने रहेछ भन्ने साइकोलोजीले काम गरेको हो कि भन्ने पनि लाग्छ।
बन्द भएको बेलामा आर्मी, पुलिस लगाएर गस्ती गरेको देखिन्थ्यो। अहिले सरकारले राखेका गतिविधिले पनि केही पनि हुने रहेन छ भन्ने कुराले पनि वास्ता नभएको देखिन्छ।
नेपालमा कोभिडले पु¥याएको क्षतिको कुरा पनि स्पष्ट आएन। हिन्दु धर्ममा मृत्यु भएपछि जलाउनुपर्ने हुन्छ। तर कोरोना भएर मृत्यु भएपछि लास पाइँदैन भनेर लुकाउन थालेको पाइयो।
सुरुवातमा पोजिटिभ भएको व्यक्तिलाई स्टिग्मा भयो। समाजले अनेक तनाव दियो। त्यसैले मैले देख्दा मानिसले समय अनुसार सम्झौता गर्दै अघि बढेको जस्तो लाग्छ।
भूकम्प आएपछि गरिएका केही अध्ययनले के देखाएका छन् भने नेपालीको जुझारुपन अथवा रेजिलेन्सी राम्रो छ।
हुनत, भूकम्प र कोभिड महामारी दुवै भिन्नभिन्न हुन्। रेजिलेन्सी राम्रो भएको कारणले नेपालीले हरेक कुरा सामना गर्छ सकेको हो भन्ने नै छ। भूकम्पको जुन साइकोलोजिकल असर हाइटी लगायतका देशमा जसरी देखियो त्यो नेपालमा नदेखिएपछि चाहिँ क्षति त ठूलो भयो कि उनीहरु छिट्टै ‘मुभ अन’ भए भनेर अध्ययन भएको थियो।
रेजिलेन्सीबाहेक पारिवारिक र सामाजिक रुपमा एकअर्कालाई सपोर्ट हुनु, पहाडी क्षेत्र भएर पनि हुनसक्ला, जुध्न सक्ने क्षमता बढी भएको हुनसक्छ भनिन्छ।
तनावले मानिसलाई ग्रस्त बनाउँछ तर तनावसँग जुधेर अघि बढ्नुपर्छ भन्ने पनि होला। यसलाई सकारात्मक रुपमा हेर्न पनि सकिन्छ।
यति भन्दाभन्दै पनि हामी सतर्क भने हुनैपर्छ। सचेत पनि हुनुपर्छ। खोप सबैले लगाई सकेको छैन। खोपको रिभ्यू पनि आउन बाँकी छ। त्यसैले सर्तक हुन नछोडौँ।
अबको १५, २० दिनमा साँच्चिकै कोभिड छ कि छैन भन्ने देखिन्छ भन्ने लाग्छ। तर, टेस्ट नै हुन छाडेकाले तथ्यांक नआउन पनि सक्छ।
मैले नबुझेको कुरा टेष्ट गर्न किन छाडेको होला। हामीले अझै पनि परीक्षण गरेर संक्रमित पत्ता लगाउने र निगरानी गर्न छोड्नुहुँदैन।
(कुराकानीमा आधारित)swsthyakhabarpatrika/from



