
मेचीनगर नगरपालिका क्षेत्र कृषि क्षेत्रका रुपमा अब्बल मानिन्छ । त्यस बाहेक पर्यटन र व्यापारमा पनि राम्रै छ । अहिले पनि वार्षिक एक अर्ब पचास करोड भन्दा बढीको बजेट खर्च भइरहेको बुझिन्छ । यति धेरै पैसा कहाँ गयो र के मा खर्च भयो भन्ने कुरो सार्वजनिक गरिदैन र जनतालाई यसका बारेमा केही थाह छैन । यसरी नै चलिरहने हो भने ‘खाउँ भने कान्छा बाबुको अनुहार नखाउँ भने दिनभरिको शिकार’ भनेझैँ मेचीनगरवासी जनतालाई भएको छ ।
मैले बजेट तर्जुमा गर्ने मौका पाएमा पहिलो प्राथमिकता कृषिमा हुनेथियो र एकै वर्षमा कृषि र किसानको मुहार फेरिने थियो । र, नगरपालिका पनि देशभरिमा उत्कृष्ट बन्नेथियो । त्यतातिर जनप्रतिनिधिको ध्यान गएन, भनेर पनि भएन ।
बजेट
पन्ध्र वटा वडा भएको मेचीनगर नगरपालिका सबै क्षेत्र कृषियोग्य भूमि भएकाले शुरु बजेटमै प्रत्येक वडालाई कृषि र किसानका लागि रु. २ करोडका दरले छुट्याइदिए पुग्छ । त्यसपछि शिक्षा र स्वास्थ्य दोस्रो प्राथमिकतामा राखिदिए हुन्छ । तेस्रो बाटाघाटा टालटुले काम गर्दै गरे हुन्छ। त्यस बाहेकका अन्य कामहरु चौथो स्थानमा राखिदिए हुन्छ ।
के गर्ने त कृषिमा ?
१. पन्ध्रवटा वडा कार्यालयमा दुई थानका दरले ट्याक्टर र त्यसका लागि आवश्यक सामाग्री दुई करोडमध्येबाट खरिद गरिदिने ।
२.नगरपालिकाको बीच भागमा माटो परीक्षण गर्ने भरपर्दो ल्याब र टेक्निसियनको व्यवस्था गर्ने ।
३. प्रत्येक वडामा टोल विकासहरुलाई मिलाएर दुई÷दुई वटा सहकारी संस्थाको व्यवस्था मिलाई त्यही सहकारी संस्था मार्फत् आवश्यकता अनुसार मल र बीऊको व्यवस्था गरिदिने ।
४. वडा कार्यालयबाट सिँचाइको व्यवस्था गरिदिने ।
५. त्यही २ करोडमध्येको पैसाबाट किसानहरुलाई बीऊ मल, जोताइ, खनाइ तथा कमजोर किसानहरुलाई नगद सापटी आवश्यकता अनुसार दिने ।
६. घर संख्या र जमिनको बनावट हेरी प्रत्येक घरलाई २ देखि ५ थानसम्म फलफूलको विरुवा दिने र रोप्न हुर्काउन लगाउने ।
७. धान, मकै, गहुँ, तोरी र सब्जी खेतीका लागि विज्ञबाट भूमि र ठाउँको विभाजन गरी खेती गर्न लगाउने ।
८. नगर क्षेत्र भित्र साना चिया किसानहरुलाई सहयोग पु¥याउन एक आधुनिक चिया उद्योगको व्यवस्था ऋणमा गरिदिने र किस्ताबन्दीमा सापटी असुली गर्ने ।
९. सम्बन्धित कामहरु के कस्ता भइरहेका छन् भनी मेयर, उप–मेयर लगायत जनप्रतिनिधिहरुले अनुगमन गर्ने, किसानहरुसँग हेलमेल गर्ने, किसानहरुकैमा खाने बस्ने र नपुगेका कुराहरु दिलाइ दिने काम गर्ने ।
१०. थोरै जग्गा हुनेलाई चाक्लाबन्दी गरिदिने, बढी जग्गा भएकाहरुलाई निजलाई नै सहयोग गर्ने ।
११. वाली लाउँदा र वाली पाकेपछि जस्तै चाँडवाड, छोराछोरी पढाइ खर्च वापत विचौलियाको हातमा उत्पादन गरेको अन्न नपरोस् भन्नका लागि बचेको दुई करोड बजेटबाट आवश्यकता पूरा गरिदिने र वाली पाकेपछि सापटी फिर्ता लिने व्यवस्था गर्ने ।
१२. प्रत्येक वालीहरु पाकेपछि माथिका सहकारी संस्था मार्फत् उचित बजार भाउ मूल्यमा खरिद विक्रीको व्यवस्था गरिदिने ।
१३. नगरभरि र वडाभरि उत्कृष्ट काम गर्ने किसान र बढी अनाज फलाउने किसानहरुलाई पुरस्कृत र सम्मान गर्ने व्यवस्था मिलाउने ।
१४. नगर क्षेत्र भित्रै ठूलाठूला खाद्य उद्योग, चिया उद्योग भएकाले उद्योगपतिहरुसँग समयमै नगरपालिकाले सम्झौता गरी उपज भएको अनाज उचित मूल्यमा खरिद विक्री गर्ने गराउने ।
१५. नियम बनाउने र नियम नमानी जग्गा बाँझो राख्ने जग्गाधनीबाट गरिखाने किसानलाई जग्गा दिलाउने र जिम्मा दिने । जमिन बाँझो राख्न कसैलाई पनि नदिने ।
उपरोक्त कार्यहरु नगरपालिकाले मन लगाएर गरेमा नगरपालिकाको तीस करोड बजेट कहिल्यै पनि नघटाई कृषि क्षेत्रमा लगाइदिइरहन सकिन्छ । साथै, कृषि क्षेत्रमा काम नभएका बेला ट्याक्टरहरुलाई बाटोमा खाल्डाखुल्डी पुर्न र ढुंगा गिटी जम्मा गराउन सकिन्छ । कृषि क्षेत्रमा काम गर्ने बाहिरका ट्याक्टरहरुले आवश्यकता भन्दा बढी अत्याधिक भाडा लिने गरेकाले किसानहरुलाई नपोसाउने हुँदा जग्गा बाँझो छोडिन गएको छ । त्यस्तो जग्गा बाँझो हुन नदिन नियम बनाई लागू गर्ने र नगरपालिकाका ट्याक्टरहरुले सस्तो दर राखी खेतीपातीमा सहयोग गरे त्यसबाट ट्याक्टरमा हुने खर्च समेत नगरपालिकाले वेहोर्नुपर्ने थिएन । र, किसानहरु पनि खेती किसानीमा आकर्षित हुने थिए ।
उपरोक्त कार्यहरु एक सालको बजेटबाट गरे नगरपालिकालाई अन्य व्ययभार सालिना पर्ने छैन । उक्त कार्यहरुबाट तीन वर्षमा कृषि क्षेत्रबाटै मेचीनगर नगरपालिकाकै मुहार फेरिने छ । र देशमा रहेको खाद्यान्न, फलफूल, तरकारी दलन तेलन समेतको समस्या धेरै हदसम्म पूरा गर्न मेचीनगर नगरपालिका समर्थ हुनेछ ।
स्मरण रहोस्, उपरोक्त कुराहरु एक सालको केही बजेटबाट सदाका निमित्त चलिरहने र नगरपालिका र जनप्रतिनिधिहरु समेतको मुहार फेरिने बाँकी साल÷सालका बजेटहरु अन्य क्षेत्रमा काम गर्न पाउने हुँदा अझै पनि केही अवसर बाँकी रहेकाले मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुमा चेतना आओस् भन्ने कामना गर्दछु ।janasamsad.ocm/from



