चौतारी पोष्ट अनलाइन
३० बैशाख २०७८
काँकरभिट्टा। झापामा(आज) बिहीबार २३२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लो २४ घण्टामा ९९ महिला र १३३ पुरुषमा संक्रमण भएको हो ।
संक्रमितहरुमा मेचीनगरमा २४ रहेका छन् । मेचीनगरमा वडा नम्बर ४, ५ र १३ वाहेक सबै वडामा संक्रमित थपिएका छन् ।
यसैगरि दमकमा ८८, बिर्तामोडमा ४६, कनकाइमा १४, शिवसताक्षीमा ११, अर्जुनधारामा १० जनामा संक्रमण भेटिएको छ।
कमलमा ९ जना, बुद्धशान्तिमा ८, भद्रपुर र गौरादहमा ७, ७ जना, बाह्रदशीमा ४ जना, गौरीगञ्ज, कचनकबलमा १,१ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण देखिएको छ ।झापामा थप ५ संक्रमितको निधन भएको छ ।



