
१८ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । कोरोना कहरको बढ्दो लहरलाई ध्यानमा राखेर सरकारले निषेधाज्ञालाई जारी राखेको छ ।उता सरकारले तोकेको सामान्य मापदण्डलाई समेत वास्ता नगरि झापाको सतिघट्टा चिया बगानमा भने मजदुरहरुलाई काम लगाईएको छ । कोरोना भाइरसको नियन्त्रणका लागि झापा प्रशासनले पटक पटक निषेधाज्ञा जारी गरिरहेको बेलामा यो बगानमा भने काम भइरहेको छ ।






