
२२ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापाको मेचीनगरनगरपाकिाका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनबाटै निको भएको पाइएको छ ।
मेचीनगर स्वास्थ्य शाखाले प्रकाशन गरेको तथ्यांकका अनुसार मेचीनगरमा अहिले सम्म ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये हालसम्म ३२७ जना कोरोनामुक्त भइसकेका छन्
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार मेचीनगरमाअहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ३७८ रहेको छ ।
आज(शुक्रबार)मात्र विभिन्न कोभिड उपचार केन्द्रहरुबाट १४१ जना डिस्चार्ज भएका हुन् ।
मेचीनगर कोभिड–१९ फोकल पर्सन सबिता सापकोटाका अनुसार मेचीनगरमा अहिले ३६५ जना घरमै रहेर स्वास्थ्य लाभ लिइरहेका छन् ।
सक्रिय संक्रमितमध्ये १३ जना विभिन्न अस्पतालमा उपचार गराइ रहेका छन् । यसरी हेर्दा कोरोनाको सक्रिय संक्रमित मध्ये ३।४४ प्रतिशतलाई मात्र उपचार आवश्यक देखिएको छ । बाँकी ९६ प्रतिशतबढी होम आइसोलेसनमै रहेका नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
वडा नम्बर ६ मा सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । ११९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा वडा नम्बर ९ मा ११७ जना रहेका छन् ।
सबैभन्दा कम वडा नम्बर १ मा १० जनामा कोरोना पुष्टि भएको छ । मेचीनगरमा वडा गत सक्रिय संक्रमितको संख्या हेर्दासमेत वडा नम्बर ६ मै बढी देखिएका छन् ।
७६ जना सक्रिय संक्रमित रहेको वडा नम्बर ६ मा हालसम्म ३८ जनाले कोरोना जितेका छन् ।
६६ जना सक्रिय संक्रमित रहेको वडा नम्बर १० मा हालसम्म ४६ जना कोरोनामुक्त भएका छन् ।
अन्य वडाका सक्रिय संक्रमितहरुमा वडा नम्बर ३ मा ३९, वडा नम्बर १५ मा ३१, ७ मा २८, ९ मा २२ र वडा नम्बर १२ मा २१ जना छन् ।
त्यस्तै वडा नम्बर १३ मा १५, ४ मा १४, १४ मा १२, २ मा ९, ५ मा ८ र वडा नम्बर १ मा ६ जना सक्रिय संक्रमित रहेका कोभिड फोकल पर्सन सापकोटाले जानकारी दिइन् ।
मेचीनगरमा शुक्रबारमात्र ३५ जना कोरोना संक्रमित थपिएका थिए । कोरोनाको दोस्रो लहर पश्चात हालसम्म नगरमा ९९८ जनाको स्वाब संकलन गरिएको सापकोटाले बताइन् ।
हाल मेचीनगर मा हप्ताको प्रत्येक आइतबार र बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरिएको छ भने सोमबार र शुक्रबार एन्टिजिन परीक्षण गरिदै आएको छ ।कोरोनाको दोस्रो लहर चलेयतामेचीनगरमा २० जनाले ज्यान गुमाइ सकेका छन् ।




