
३० जेठ २०७८
चौतारी पोष्ट अनलाइन
दमक ।सनराइज बैंक लिमिटेडको विराटचोक शाखाद्वारा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बैकका शाखा प्रमुख कुमार खड्काका अनुसार सुन्दरहरैचा नगरपालिका को विभिन्न स्थानमा कोभिड(१९ रोकथाममा सहयोग हुने सामाग्री हस्तानतरणगरिएको हो ।बैंकका विराटचोक शाखाका प्रमुख खड्काले सुन्दरहरैचा १ स्थित इलाका प्रहरी कार्यालयका प्रमुखलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सामाग्रीहरुमा ८ सय थान माक्स,१०लिटर सेनिटाइजर,१००थान ग्लोब्स,१०थान फेस सिल्ड रहेकाछन् । यस्तै सोही वडामा रहेकाट्राफिक कार्यालयलाई समेत २००थान माक्स, ५लिटर सेनिटाइजर, र ग्लोब्स हस्तान्तरण गरिएको थियो । शाखा प्रमुख खड्काका अनुसार सुन्दरहरैचा न पा वडा नं ७ स्थित प्रहरी चौकिलाई १०००थान माक्स, १५लिटर सेनिटाइजर, १००थान ग्लोब्स, १०थान फेस सिल्ड वडा नं १० स्थित इलाका प्रहरी कार्यालयलाई १०००थान माक्स,१५लिटर सेनिटाइजर, १००थान ग्लोब्स, १०थान फेस सिल्ड हस्तान्तरण गरिएको थियो।




