सृजनाको चौतारी

जिन्दगी किन

गजल

गीत लेख्न खोज्छु भइदिन्छ कथा
अघि बढ्न खोज्छु रहिदिन्छ यथा ।

जिन्दगी किन खै चल्दैन सल्लल
खुशी हुन खोज्छु बिग्रिदिन्छ माथा ।

केही गरौ भन्ने कल्पना लिएर
थप्न अरू खोज्छु मेटिदिन्छ गाथा ।

सम्म पारौ सबै भनी लागि पर्दा
रिस मार्न खोज्छु उठिदिन्छ जत्था ।

भत्के माथि झनै अरू भत्किएर
राम्रो गर्न खोज्छु बनिदिन्छ ब्यथा ।।

माइजोगमाइ(१) इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button