
गरिब होचो छ झन झनै लौ, तल पर्छ कति ?
बहुदलीय ब्यवस्थामा फल ,एस्तै गतिविधि।।
लागेन कानुन बढोलाई हुन्छ ,निम्जो जेलमा।
शब्दका चक्रब्यु मै फँसाई, जाल र झेलमा।।
लुब्धको राज भोयो मनपरि ,तन्त्र देखिन्छ।
ताकेमा कलमको बाणले, भ्रष्टनै घोपिन्छ।।
कल्पनु नेपाल आमानै, पुर्याउनु शिखरमा।
रक्तपिपासु निखारी भर्नुछ, समृद्धि देशमा।।
कति ब्ग्या छन बाढीले के, दिदैछ यो देशले ।
शोकाकुल जनता घरबार ,बिहिन त्रासले।।
होलान शहिदका सपना के, हुँदैछन अहिले।
गरीबकै पसीनामा परजिवि, बाँचेका जहिले।।
निचोरी शब्दका बलले, अठयाँई तीनलाई।
न्यायकै सन्देश छर्नु है ,हरेक मनलाई।।
भ्रष्टहरुलाई निमोठ्न तानो ,भएनि उठाई।
सुन्दर देश देख्ने मन छ सुताहा बिउँझाई।।
दबिदै गरिब झनै झुत्रो भो ,सकेन बरै चम्किन ।
दिएमा ज्ञानको पुञ्ज उठ्ला, आखीर कुनै दिन।।
बाँच्ननै गाह्रो छ यहाँ कति, गणतन्त्र रण वन।
स्वर्गपुरी भित्र, भित्रै मनोमानी, तन्त्र झन, झन ।
इलाम
सु न पा ३


