
गजल
असल छोरा मेरा थिए खोई उडेर गए कहाँ
उनैका थिए सृजना लहरहरु फूरेर गए कहाँ
थाङ्गथिलो पारे यो देश मेरो कति दलालले
लुटाउँदै मातृभूमिको कहानि सुनेर गए कहाँ
बलियो नेपाल बनाइ छोडे कति विरहरुले
पसिना पोख्दै शान्ति कति तुनेर गए कहाँ
सिमामै स्मृति लेख्दै ति योद्धाका रगतले
उठाई तुलो शृङ्खला झै बुनेर गए कहाँ
निख्रीए ,सकिए नसुध्रिने भए पिशाच यहाँ
थियोे खण्ड,खण्ड पहिले नै उनेर गए कहाँ
भन्थिन नेपाल आमा जन्मनु असल सपूत
भएछन् कपूत ठालुझै आज थुनेर गए कहाँ
तारा पौडेल अबिरल
सु न पा ३
इलाम



