कम्लरीको कथा होईन मलाई
अरु कसैको इतिहाँस पढ्न सिकाए
काशीलालको ब्यथा होईन मलाई
अरु कसैको जिवनी पढ्न लगाए
शान्तिको जग बनाउन होईन
ध्वंशको परेड खेल्न सिकाए
गीत त मलाई समानताका गाउन लगाए
तर, मुखियानै संभ्रान्त बनेर आए
मेरा, उसका अरु धेरैधेरैका
सपना, सबै सपनामै बिलाए
नारा त सबै हाम्रै लगाए
तर, हाम्रै रगत र पसिनाको धज्जी उडाए
हाम्रै छातीमा टेकेर धेरैले
कसैले गाडी कुदाए, कसैले महल बनाए
सपना त हामीलाई देख्न सिकाए
तर, बिपना उनकै पेवा बनाए
हाम्रो यात्राको गन्तब्य भनेनन्
हाम्र्रै आँशुुमा उत्सव मनाए
नयाँ र नौला जोगी जन्मिए
जे भने थे त्यो गरेनन्
जे भनेका थिएनन्
सबै त्यसैको विस्कुन लगाए



