२२ साउन २०७८
मेचीनगर । कोरोना बिरूद्भको कोभिसिल्ड खोपको दोस्रो मात्रा साउन २५ गतेदेखि लगाइने भएको छ । लामो समयदेखि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकाहरूका लागि मात्रै दोसो मात्रा साउन २५ गतेदेखि लगाउन शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एस्टेजेनेका खोप भुटानबाट ३ लाख आज बिहान (शनिबार)काठमाण्डौ आइपुगेको र जापानले दिने १६ लाख शनिबार देखि आउन शुरू गर्ने भए पछि सरकारले यश अघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूलाई दोस्रो मात्रा लागाउन लागेको हो ।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई पटक गरेर ८ लाख मात्रा खोप आउने छ र बाँकी ८ लाख मात्रा खोप १० दिनपछि आउने निश्चित भएको छ ।
पहिलो चरणमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने र दोस्रो चरणमा प्रदेश १ र २ मा एस्टेजेनका खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अघि भारतमा उत्पादन भएको कोभिसिल्ड खोप र बेलायतको उत्पादन एस्टेजेनेका खोप एउटै सुत्रमा निर्माण भएकाले पहिलो मात्रा कोभिसिल्ड लगाएकाहरुले दोस्रो मात्रा एस्टेजेनेका खोप लगाउन मिल्ने बिज्ञहरुले यस अघि नै बताइसकेका छन ।



