सृजनाको चौतारी

हालसालै

कविता 
राजनीतिमा, आफ्नो मटक मार्न
तुष्ट हुन, र रतिमा रमाउन अथवा, सत्ता टिकाउन
हालसालै, कसैले भन्यो होला
जय श्रीराम, धर्मको हिन्दुत्व बोकेर
रामलाई विवादमा मुस्दै, निजको
ठोरी चलाउन, यानेकि
सत्ता चलाउन,
बिचरा,च्व च्व
धम्मरधुस सल्लाहकारको सङ्गत र उटपट्याङमा आश्रित
भएर, बोलिदियो, तथैवचः
र, नासियो मासियो अनि गयो
कहाँरु रसातलरुरु
होइन, ठट्यौलीको संसारबाट
जनजनको मतमा ठट्टा गर्नसक्ने उखानबाट
गाउँ खाने कथाबाट,
ढाँट्न सक्ने एमानको भ्रमपूर्ण मञ्चबाट
फेरि, त्यहीँ पुग्न
ऊ गएको छ।
आउला, त्यो पुनः फर्केर
भन्ला, मेरा रामजी
रघुजी, परमेश्वर, हिन्दूत्वका सारथि
यावत्, मेरो आँगन, मेरो ठोरी, मेरो सत्ता, मेरो कुर्सी
ममःममः भन्दै
तर, तिमी जागरुक हुनू त्योबेला
भन्नू, खबरदार
बरु, मेरी सीता मेरै हो
सभ्यताको चिनारीमा उनी, सीता
मेरी प्रिये, प्राणप्रिये सदैव
असली छिन,आफ्नै हृदयकी अधिपति
तिम्रोजस्तो कुटिल र मिथ्याको मिथकभन्दा,
स्वप्नदोषमा सन्तुष्ट भएभन्दा,
म त हेर
आफ्नै वास्तविकतामा छर्लङ्ग छु।
खुसी छु, आनन्दित छु
र, ढुक्क छु ।
फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button