सृजनाको चौतारी

लाजले लजाउँदै भन्यो,मलाई त लाज लाग्छ

कविता
लाजले लजाउँदै भन्यो, मलाई त लाज लागेर आयो
भित्रैदेखि काउकुती हुँडलिएर आयो
कत्ति हो कति लाज थुप्रिएर आयो
लाजले मलाई भन्यो ‘मलाई त खपिनसक्नु लाज लागेर आयो’
हिजो उनलाई सराप्नेहरु, रत्ति पनि नलजाएर उनकै पाउमा पर्न पुगे
उनकै किर्तन टोली कम्पनीको शेयर सदस्य बन्न पुगे
लाजले भुतुक्क हुदै भन्यो ‘ लबस्तरा हरु’

धुप हालेर उनको सत्तो सराप गर्नेहरु
कुन मन्त्रको धुनमा
उनकै वरिपरि भुन्भुनाउँदै लम्पसार परे
रत्ति पनि लोकको लाज लाग्दो हो त
एक पटक ऐना सम्म त हेर्थे होलान नि
लाजले मर्नेगरि लजाउँदै भन्यो ‘लाज पचेकाहरु’

चिच्याएर नथाक्नेहरु, उनलाई धारेहात कस्नेहरु
तिते आन्द्रो चुडिने गरि मच्चीमच्ची हल्ला मच्चाउनेहरु नै
उनको भजन मण्डलीका बफदार कलाकार बनेर
कठै बरा! भन्नु जस्तै भएर, निगुरमुण्टी गर्दै शरणमा परेको हेरेर
लाजले खपिनसक्नु भएर मलाई भन्यो‘ खै कसको ओखती हुदैन भनेको यही हो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button