
मुक्तक
मुक्तक न १
लाग्छ मलाई धेरै, धेरै यस्तै खास छु
सुन्छु साहित्यको लागि झनै आश छु
हिजो शुन्य आज अघाद माया पाउँदा
उत्साह छ त्यसैले पाठककै पास छु
मुक्तक न २
उनकै मन मन्दिर भित्र कति बसेँ म
देवता सम्झि कति क्षण उसै फसेँ म
दिन, रात सपनिमा भिजाउँदै सिरानी
कल्पनाको गहिराई मूनि त्य्सै पसेँ म
मुक्तक न ३
लहलह बालीझैँ कलम मेरो डुलाउँन मन लाग्यो
त्यहाँ भित्र कथा ब्य्था सबै खुलाउँन मन लाग्यो
खडेरी पर्न नदिई शब्द माथि पुष्प बर्षा गराउँदै
सबको नजरमा साहित्यलाई फुलाउँन मन लाग्यो
मुक्तक न ४
हराएँ कतै म बिलाएँ तिम्रै यादमा
फाटेको मन सिलाएँ तिम्रै यादमा
भक्कानिएँ हरेकपल दिन र रातमा
बेहोशिमै बिष पिलाएँ तिम्रै यादमा
सुर्योदय नगरपालिका ३
इलाम



