स्वास्थ्य

माघ १६ देखि २० सम्म विद्यालयमा खोप

न्युज अफ नेपाल
काठमाडौं, (नेस) ।

सरकारले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको नेतृत्वमा गृह, शिक्षा, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिवहरू र स्वास्थ्य सेवा विभागका पदाधिकारीको सोमबार बसेको संयुक्त बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको हो ।

खोप व्यवस्थापन कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिइसकेको छ ।
छलफलका क्रममा यसअघि माघ १५ गते सम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गरिएकोमा माघ १६ गतेदेखि २० गतेसम्म सम्पूर्ण विद्यार्थीलाई खोप दिने प्रयोजनका लागि विद्यालय खुला गरी खोप उपलब्ध गराउने निर्णय गरिएको छ ।

खोप अवधिमा खोपको प्रभावकारी वितरणलाई अभियानको रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी सञ्चालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । मन्त्रालयले अभियान सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आग्रह गरेको र केन्द्रले ७७ वटै शिक्षा समन्वय इकाइलाई निर्देशन दिइसकेको महानिर्देशक चुडामणि शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button