मूल खबर

घाँटी रेटिएको अवस्थामा भेटिएको महिला र बालिकाको शवको पहिचान खुलेन

काठमाडौं
रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा ‘हत्या’ गरिएको अवस्थामा एक महिला र बालिकाको शव भेटियो। शव भेटिएको चार दिन भयो। तर, पहिचान अझै खुलेको छैन। प्रहरीले सामान्य सुराकसमेत नपाउँदा अनुसन्धानमै अलमल छ।

घाँटी रेटिएको अवस्थामा भेटिएका शवको छेउमा एउटा धारिलो चक्कु थियो। शरीरमा लगाएका कपडा बाहेक उनीहरूको साथबाट कुनै कागजात भेटिएन। ‘न झोला, न मोबाइल। कपडा हेरेर मध्यम आर्थिक अवस्थाको परिवारसम्म होला भन्ने अनुमान छ,’ अनुसन्धानमा खटिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले भने।

शरीरमा लगाएका कपडाको शैली हेर्दा तराई मूलका अझ भारतीय नागरिक हुन भन्ने अनुमान प्रहरीको छ। प्रहरी नायव उपरीक्षक केसी कसरी अपराधी पत्ता लगाउने हैरान भएको बताउँछन्। मोबाइल ‘ट्रयाकिङ’मा हत्या भएको स्थानमा सयौं फोनको ‘लोकेसन’ देखाउँछ। किनभने त्यो स्थान पूर्व–पश्चिम राजमार्गको छेउमै पर्छ। छेउछाउमा सीसीटिभी फुटेज हेर्दै घटनाको विश्लेषण गरिएको छ। राजमार्गमा रोकिएको बसका यात्रुहरू ओर्लिएर खुला शौच गर्न जाँदा माघ ११ गते बिहान साढे १० बजेतिर दुई शव देखिएका थिए। त्यसलगत्तै पुगेको प्रहरीले अहिलेसम्म गरेका सबै अनुसन्धान नतिजा शून्य छन्।

‘भारतीय नागरिक हुन् कि भन्ने अनुमानमा तस्बिरहरू सीमा क्षेत्र र भारतीय सुरक्षाकर्मीसम्म पुर्‍याएका छौं, तर अहिलेसम्म केही अत्तोपत्तो छैन, केसीले भने। प्रहरीले यी दुई शवलाई आमाछोरीको नाता रहेको अनुमान लगाएको छ। अन्दाजी ७ वर्षकी बालिका र ३४ वर्षकी महिलाको सँगै शव भेटिएकाले आमाछोरी हुन् कि भन्ने अनुमान गरिएको केसीको भनाइ छ। उनीहरूको आत्महत्या नभई हत्या नै भएको निष्कर्षमा भने प्रहरी पुगेको छ।  अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button